योजनाहरू पूरा नहुँदा विकासमा नकारात्मक असर : मुख्यमन्त्री सिंह « Khabarhub

योजनाहरू पूरा नहुँदा विकासमा नकारात्मक असर : मुख्यमन्त्री सिंह


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशको द्रुत आर्थिक विकासका लागि राष्ट्रिय महत्त्वका योजनाहरूको निर्माणमा गति दिनुपर्ने बताएका छन् ।


मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र श्रम तथा यातायात मन्त्रालय मधेस प्रदेशको संयुक्त आयोजनामा आज जनकपुरधाममा प्रभावकारी र दु्रत सेवाका लागि बहुसरोकारवालासँग कार्यशाला गोष्ठीमा मुख्यमन्त्री सिंहले वर्षौंसम्म योजना पूरा नहुँदा मुलुकको समग्र आर्थिक विकासमा नकारात्मक असर पारिरहेको बताए।

मुख्यमन्त्री सिंहले मधेसलाई सङ्घीय राजधानीसँग जोड्ने द्रुतमार्ग र हुलाकी राजमार्गको समयमा निर्माण भएको खण्डमा बर्सेनिरूपमा अर्बौंको डिजेल तथा पेट्रोलको खपतमा कमी हुने भएकाले त्यसतर्फ ध्यान दिन जरूरी रहेको बताए। मधेसमा विकासको धेरै सम्भावना भए पनि त्यसको खोज तथा सही व्यवस्थापन नभएका कारण मुलुकको समग्र विकासले गति नलिएको उनले बताए।

कार्यक्रममा मधेस प्रदेशका श्रम तथा यातायातमन्त्री कौशलकिशोर रायले मधेस प्रदेशको आर्थिक विकासका लागि कृषि, पर्यटन तथा उद्योगको विकासका लागि ठोस नीति बनाउन आवश्यक रहेको बताए। 

मधेस प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहनप्रसाद साहले मधेस प्रदेशको समृद्धि र विकासका लागि सङ्घ, प्रदेश तथा स्थानीय तहका बीचमा नीतिगत सुधारका साथै कार्यगत सहकार्य जरूरी भएको बताए।

मधेस प्रदेशका नीति तथा योजना आयोगका सदस्यहरू डा शिला मिश्र, डा. राजकुमार सिंह, डा. रिना यादवलगायतले मधेस प्रदेशको समृद्धि तथा विकासका लागि क्षेत्रगत रूपमा कार्यपत्र प्रस्तुत गरेका थिए । 

मधेस प्रदेशका प्रमुख सचिव लोकनाथ पौडेल, श्रम तथा यातायात मन्त्रालयका सचिव सुरेन्द्र पौडेललगायतका वक्ताहरूले कानुनी जटिलतामा सुधार गरेर अघि बढ्न जरूरी रहेको बताए।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ६ : ५३ बजे

वेस्टइन्डिजमाथि रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा पुग्यो भारत

काठमाडौं – भारत आइसीसी टी२० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

जलेश्वर कारागारबाट फरार व्यक्ति भारतमा हतियारसहित पक्राउ

जनकपुरधाम- नेपाल–भारत सीमाक्षेत्रमा भारतीय सुरक्षाकर्मीले महोत्तरीको जलेश्वर कारागारबाट फरार एक

माओवादीका पूर्वकेन्द्रीय सदस्यसहितका नेताहरू एमाले प्रवेश

काठमाडौँ- नेकपा माओवादी केन्द्रका तत्कालीन केन्द्रीय सदस्य रवि गौतमसहितका नेता

भ्रमपूर्ण सूचना फैलनसक्ने भन्दै पत्रकार महासंघले गरायो सचेत

काठमाडौँ – नेपाल पत्रकार महासंघले निर्वाचनको रिपोर्टिङमा खटेका पत्रकारहरूलाई समाचार

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि