भोजपुरमा स्कोर्पिओ दुर्घटना, एकजनाको मृत्यु, तीनको अवस्था गम्भीर | Khabarhub Khabarhub

भोजपुरमा स्कोर्पिओ दुर्घटना, एकजनाको मृत्यु, तीनको अवस्था गम्भीर


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

भोजपुर- भोजपुरमा एउटा स्कोर्पिओ दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । सदरमुकामबाट ट्याम्केडाँडा घुम्न हिँडेका यात्रु सवार स्कोर्पिओ बिहीबार भोजपुर नगरपालिका–५, बोखिमस्थित डाडाँटोलमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो ।

प्रदेश १–०२–००२ च ६९२३ नम्बरको स्कोर्पिओ दुर्घटना हुँदा झापाको गौरादह नगरपालिका–७ निवासी झम्कबहादुर घलेको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दीपक श्रेष्ठले दुर्घटनाम अन्य तीनजना गम्भीर घाइते भएको बताए ।

चालकसहित १० जना सवार उक्त स्कोर्पिओ अनियन्त्रित भई सडकबाट २५० मिटर तल खसेको । दुर्घटनामा गम्भीर घाइते तीनजनालाई हेलिकप्टरमार्फत् काठमाडौं पठाइएको छ ।

दुर्घटनामा गम्भीर घाइते भोजपुर नगरपालिका–५ की लाक्पादिकी शेर्पा, रामकुमार राई र सुनसरीको धरान उपमहानगरपालिका–२ की इहायाराना सुब्बालाई उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । अन्य घाइतेको भोजपुर अस्पतालमा उपचार हुँदैछ ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  १२ : ३९ बजे

रौतहटमा चक्कु प्रहार गरी २१ वर्षीय युवकको ह*त्या

रौतहट – यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा – माछा मार्ने क्रममा करेन्ट लागेर आज दिउँसो कमल

गगन थापा भन्छन् : शिक्षकले राजनीतिक आस्था विद्यालयको ढोका बाहिर राख्नुपर्छ

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षकले राजनीतिक आस्थालाई

रवि थुनिएको नख्खुका जेलरको डोल्पामा सरूवा

काठमाडौं – गृहमन्त्रालयले ललितपुरस्थित नख्खु कारागारका जेलरको सरुवा गरेको छ

काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ फेरिए

काठमाडौं – गृह मन्त्रालयले उपत्यकाका तीनवटै जिल्लामा प्रमुख जिल्ला अधिकारी