‘जलविद्युतको लाइसेन्स लिएर होल्ड गर्ने कामलाई नियन्त्रण गर्नुपर्छ’  « Khabarhub

‘जलविद्युतको लाइसेन्स लिएर होल्ड गर्ने कामलाई नियन्त्रण गर्नुपर्छ’ 

जलश्रोतलाई सदुपयोग गर्ने गरी विधेयकलाई अघि बढाउनुपर्ने


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिमा विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता सांसदहरुसंग छलफल भएको छ ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकमा संशोधनकर्ता सांसदहरूले राष्ट्रिय स्रोतको रूपमा रहेको जलश्रोतलाई सदुपयोग गर्ने गरी विधेयकलाई अघि बढाउनुपर्ने सुझाव दिएका छन् ।

सांसद अर्जुन नरसिंह केसीले राष्ट्रिय पूँजीलेमात्रै जलश्रोतको उपयोग गर्न नसक्ने भएकाले निजी क्षेत्रलाई पनि यस क्षेत्रमा लगानी गर्न आवश्यक नीति बनाउनुपर्ने बताए।

उनले जलविद्युतको लाइसेन्स लिएर होल्ड गर्ने कामलाई नियन्त्रण गर्नुपर्ने सुझाव दिए ।

केसीले लघु जलविद्युत निर्माणका लागि स्थानीय तहको समन्वयनमा स्थानीय जनतालाई सहभागिता गराउने नीति बनाउनुपर्नेमा जोड दिए ।

त्यस्तै सांसद गोकुल बास्कोटाले ठूला आयोजनाको परिभाषालाई सय बाट पाँच सय मेगावाट रूपमा उल्लेख गर्नुपर्ने सुझाव दिए।

उनले विदेशी लगानीकर्तासँगको सम्झौता गर्दा निर्माण हुने समय नै तोक्नुपर्ने र निर्माणको सुनिश्चितता हुनुपर्ने बताए ।

त्यस्तै अन्य संशोधनकर्ता सांसदहरूले जलविद्युत आयोजना निर्माणका लागि सहज बनाउने गरी विधेयकलाई अघि बढाउनुपर्ने सुझाव दिएका थिए ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  ४ : २६ बजे

कोलकाताबाट आइपुग्यो ‘कार्गो रेल’

विराटनगर– भारतको कोलकाताबाट कच्चा पदार्थ बोकेको ‘कार्गो रेल’ आज एकीकृत

‘मनबिनाको धन-२’मा गौरी मल्ल थपिइन्, अशोक दर्जीबारे मौन टंक

काठमाडौं – गायक तगा संगीतकार टंक बुढाथोकीको निर्देशनमा बन्ने फिल्म

एन्डी बर्नहम बने बेलायतका ५९औँ प्रधानमन्त्री

लन्डन : एन्डी बर्नहम सोमबार बेलायतका ५९औँ प्रधानमन्त्री बनेका छन्।

वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु

भद्रपुर– झापाको मेचीनगरमा डिभिजन वन कार्यालय भद्रपुरको स्कोरपियो र सिटी

अर्थसंक्षेप : प्रधानमन्त्री नै छाया अर्थमन्त्री, सेयर बजारमा हरियाली र पुँजी बजारका समस्या समाधान गरिने

पुँजी बजारका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता प्रधानमन्त्री बालेन्द्र शाहले