बैतडीमा खोप लगाएका बालकको मृत्युपछि तनाव, सडक अवरुद्ध  « Khabarhub

बैतडीमा खोप लगाएका बालकको मृत्युपछि तनाव, सडक अवरुद्ध 


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीमा खोप लगाएका कारण बालकको मृत्यु भएको भन्दै स्थानीयले सडक अवरुद्ध गरेका छन् ।

डिलासैनी गाउँपालिका २ छेपट्टाका मुकेश रानाका २ महिने छोरा आदर्शको बुधबार मृत्यु भएको थियो । डिलासैनी ३ स्थित सिमार वर्थिङ सेन्टरमा नियमित खोप कार्यक्रम अन्तर्गत उनलाई डिपिटी दोश्रो डोज र पिसिभीको पहिलो डोज खोप लगाइएको थियो भने ओपीभी र रोटा डोज खुवाइएको थियो ।

खोप लगाइसकेपछि उनलाई दिउँसो ३ बजेदेखि ज्वरोसँगै राती र्‍याल फाल्न थालेपछि उपचारको लागि गोकुलेश्वर लगिएको थियो । गोकुलेश्वरमा उपचार नभएपछि डडेलधुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको मृतकका आफन्त ध्रुव रानाले बताए ।

घटनापछि आक्रोशित स्थानीयले दिउँसो १२ बजेदेखि गोकुलेश्वर–गन्ना–लटिनाथ सडकखण्ड अवरुद्ध पारेका छन् । घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र क्षतिपूर्तिको मागसहित सडक अवरुद्ध पारिएको ध्रुवले बताए ।

सोही विवरणका डोजहरू अघिल्लो दिन पनि केही बालबालिकाहरूलाई लगाइएकोमा केही समस्या नआएको डिलासैनी ३ स्थित रुद्रेस्वर स्वास्थ्य चौकीका इन्चार्ज सन्जु बोहराले बताए । स्वास्थ्य कार्यालय बैतडीले शवको पोष्टमार्टमपछि मात्रै मृत्युको कारण खुल्ने जनाएको छ ।

गाउँपालिका उपाध्यक्षसहित जनप्रतिनिधिको टोली सडक अवरुद्ध पारिएको स्थानमा पुगेर स्थानीयसँग छलफल गरिरहेका बताइएको छ ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  ४ : ४३ बजे

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं- मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता तथा धर्म सँस्कृति बचाउ

चीनको शेनझोउ–२० अन्तरिक्ष यान सुरक्षित पृथ्वीमा फर्कियो

एजेन्सी – चीनको शेनझोउ–२० अन्तरिक्ष यान सोमबार बिहान उत्तर चीनको

नेताहरुमा पदका लागि पदबाटै गियर चेन्ज गर्ने होड

काठमाडौं- चुनाव आउन ४५ दिन बाँकी रहँदा जनप्रतिनिधि, मन्त्री तथा

फ्लाइङ किस दिएर आफ्नै भाषामा बालेनको भाषण

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मधेस पुगेर

मनाङमा सात हजार मतदाता, २९ मतदान केन्द्र निर्धारण

मनाङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र