ज्येष्ठ नागरिकलाई सम्मान गर्न आयोगको आग्रह « Khabarhub

ज्येष्ठ नागरिकलाई सम्मान गर्न आयोगको आग्रह


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले ज्येष्ठ नागरिकको सीप, अनुभवलाई युवा पुस्तामा हस्तान्तरण गरी ज्येष्ठ नागरिकको सम्मान गर्नुपर्नेमा जोड दिएको छ ।

आयोग तीनै तहका सरकार तथा सरोकार भएका सबै निकायलाई ज्येष्ठ नागरिकको सीप, अनुभव र भोगाईलाई पुस्तान्तरण गरी जेष्ठ नागरिकको सम्मान गर्न आग्रह गरेको हो ।

चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस ‘सभ्य समाजको आधार, ज्येष्ठ नागरिकमैत्री घरपरिवार’ भन्ने नाराका साथ यो दिवस मनाइरहेको सन्दर्भमा आयोगले तीनै तहका सरकारलाई तथा सरोकार भएका सबैलाई ज्येष्ठ नागरिकको सम्मान आग्रह गरेको हो ।

प्रवक्ता डा टीकाराम पोखरेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘बढ्दो जनसङ्ख्याप्रति संवेदनशील हुँदै, तीन तहका सरकारले आवश्यकता पहिचान गरी ज्येष्ठ नागरिकको विषयलाई नीति, योजना, कार्यक्रम र बजेटको प्राथमिकतामा राख्नुपर्ने जरुरी छ ।’

ज्येष्ठ नागरिक ऐन, २०६३ को कार्यान्वयन अवस्थाका सम्बन्धमा आयोगले गरेको अध्ययनको क्रममा ग्रामीण तहका ज्येष्ठ नागरिक आफ्नो अधिकारका बारेमा जानकार नहुनुका साथै उहाँहरूले राज्यले प्रदान गर्ने सेवा सुविधाको अनुभूति गर्न नपाएको देखिएको छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न कठिनाइ हुनुका साथै राज्यबाट प्रदान गरिएका स्वास्थ्य एवं यातायात सेवामा प्राथमिकतालगायत सुविधा पहुँचयुक्त नभएको अनुगमनको क्रममा पाइएको आयोगले जनाएको छ ।

हाल नेपालमा ज्येष्ठ नागरिकको सङ्ख्या २९ लाख ७७ हजार तीन सय १८ छ । जनगणना २०५८ देखि जनगणना २०६८ सम्म आइपुग्दा ज्येष्ठ नागरिकको जनसङ्ख्या वृद्धिदर तीन प्रतिशत रहेकामा २०७८ सम्म आइपुग्दा वृद्धिदर तीन दशमलव पाँच प्रतिशत पुगेको छ ।

जनगणना २०७८ को समग्र जनसङ्ख्याको वृद्धिदर शून्य दशमलव ९२ प्रतिशत रहेकामा ज्येष्ठ नागरिकको वृद्धिदर तीन दशमलव पाँच प्रतिशत हुनुले अन्यको तुलनामा ज्येष्ठ नागरिकको वृद्धि प्रतिशत बढी देखिन्छ ।

उल्लिखित तथ्यांकलाई विश्लेषण गर्दा भविष्यमा समाजमा ज्येष्ठ नागरिकको सङ्ख्या प्रतिशत अझ बढ्ने आँकलन गर्न सकिन्छ । औसत आयु वृद्धि, मृत्यूदरमा कमी, स्वास्थ्यप्रति सचेतनाका कारण ज्येष्ठ नागरिकको जनसङ्ख्यावृद्धि हुँदै गएको देखिएको छ ।

ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सीप, अनुभव र क्षमतालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने सम्बन्धमा संविधान, नीति, ऐन, नियमावलीका साथै तीनै तहका सरकारले विभिन्न योजना तथा कार्यक्रममा उल्लेख गरेता पनि अपेक्षित नतिजा हासिल हुन सकेको देखिँदैन ।

आयोगले ज्येष्ठ नागरिकको अधिकार संरक्षण र संवर्द्धनलाई प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको छ । नेपालले ज्येष्ठ नागरिकलाई सम्मान र अधिकारमा पहुँच पुर्‍याउने उद्देश्यले विसं २०७८ साल पुस ११ गतेदेखि नेपाल सरकारले राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरेको हो ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  ५ : २६ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक