सञ्चार क्षेत्रलाई थप मर्यादित बनाउन मन्त्री गुरुङको आग्रह « Khabarhub

सञ्चार क्षेत्रलाई थप मर्यादित बनाउन मन्त्री गुरुङको आग्रह


११ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन आग्रह गरेका छन् ।

आज मन्त्रालयमा नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई एवं शुभकामना दिँदै मन्त्री गुरुङले पत्रकारिता स्वतन्त्र र स्वनियम हुन आवश्यक रहेकोमा जोड दिए ।

नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले पत्रकारिता लोकतन्त्रमा सत्ता पक्षलाई खबरदारी गर्ने स्वतन्त्र निकाय रहेको उल्लेख गरे।

पत्रकारितालाई थप व्यवस्थित र मर्यादित बनाउन यससम्बन्धी विधेयक निर्माणको चरण रहेको जानकारी दिँदै मन्त्री गुरुङले पत्रकारिता पेसा जोखिमपूर्ण र अस्थिर भएकाले थप व्यवस्थित गराउन आफू सहकार्य गर्न तयार रहेको बताए।

त्यसै अवसरमा मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले पत्रकार महासङ्घका पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै महासङ्घसँग सहकार्यका लागि मन्त्रालय तयार रहेको बताए। सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारले आफू सधैँ पत्रकारिताको विकासको पक्षमा रहेको उल्लेख गरे।

महासङ्घका नवनिर्वाचित अध्यक्ष निर्मला शर्माले पत्रकारका पेसागत चुनौती हुँदाहुँदै पनि अभिव्यक्ति स्वतन्त्रताको पक्षमा महासङ्घ सधैँ उभिएको बताए। पत्रकारको न्यूनतम पारिश्रमिकको समस्या, पेसागत चुनौती र शारीरिक एवं मानसिक समस्या रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार  ५ : ३४ बजे

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद– भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई  व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला