सञ्चार क्षेत्रलाई थप मर्यादित बनाउन मन्त्री गुरुङको आग्रह « Khabarhub

सञ्चार क्षेत्रलाई थप मर्यादित बनाउन मन्त्री गुरुङको आग्रह


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन आग्रह गरेका छन् ।

आज मन्त्रालयमा नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई एवं शुभकामना दिँदै मन्त्री गुरुङले पत्रकारिता स्वतन्त्र र स्वनियम हुन आवश्यक रहेकोमा जोड दिए ।

नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले पत्रकारिता लोकतन्त्रमा सत्ता पक्षलाई खबरदारी गर्ने स्वतन्त्र निकाय रहेको उल्लेख गरे।

पत्रकारितालाई थप व्यवस्थित र मर्यादित बनाउन यससम्बन्धी विधेयक निर्माणको चरण रहेको जानकारी दिँदै मन्त्री गुरुङले पत्रकारिता पेसा जोखिमपूर्ण र अस्थिर भएकाले थप व्यवस्थित गराउन आफू सहकार्य गर्न तयार रहेको बताए।

त्यसै अवसरमा मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले पत्रकार महासङ्घका पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै महासङ्घसँग सहकार्यका लागि मन्त्रालय तयार रहेको बताए। सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारले आफू सधैँ पत्रकारिताको विकासको पक्षमा रहेको उल्लेख गरे।

महासङ्घका नवनिर्वाचित अध्यक्ष निर्मला शर्माले पत्रकारका पेसागत चुनौती हुँदाहुँदै पनि अभिव्यक्ति स्वतन्त्रताको पक्षमा महासङ्घ सधैँ उभिएको बताए। पत्रकारको न्यूनतम पारिश्रमिकको समस्या, पेसागत चुनौती र शारीरिक एवं मानसिक समस्या रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  ५ : ३४ बजे

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

भैरहवा– भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

काठमाडौं– चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा

तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव

काँक्रेविहार– सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि निःशुल्क वितरण

अमेरिकी आक्रमणपछि इरानको जवाफी हमला, सैन्य अड्डा निशानामा

 एजेन्सी – इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) इरानी तटीय क्षेत्रहरूमा