एकीकृत उपचार पद्धतिमा जोड दिन सुझाव « Khabarhub

एकीकृत उपचार पद्धतिमा जोड दिन सुझाव


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको छलफलका क्रममा जनस्वास्थ्य विशेषज्ञहरुले एकीकृत उपचार पद्धतिमा जोड दिनुपर्ने धारणा राखेका छन् ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आज भएको छलफलमा वरिष्ठ न्यूरो सर्जन डा वसन्त पन्तले उक्त विधेयकमा एकीकृत उपाचार पद्धतिलाई जोड दिने विषय समेट्न सुझाव दिए । “अन्य देशमा जस्तै एउटै छानामुनि आधुनिक चिकित्सा, प्राकृतिक चिकित्सा जस्ता विषय सञ्चालन गर्न विधेयकमा राख्नुपर्दछ”, उनले भने, “पाठ्यक्रम अहिलेको परिस्थितिलाई हेरेर बनाउनुपर्दछ ।”

वरिष्ठ छाति रोग विशेषज्ञ डा अर्जुन कार्कीले सुदूरपश्चिम प्रदेशका जनताको स्वास्थ्य सेवा सुदृढ गर्न ऐनमा बाध्यकारी व्यवस्था राख्नुपर्ने सुझाव दिए। डा एसपी कलौनीले उत्पादित जनशक्ति स्वदेशमै खपत हुने कुरा विधेयकमा राख्न सुझाव दिए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा विमल चालिसेले पनि स्वास्थ्य उपचारको सेवा प्रभावकारी हुनुपर्ने गरी विधेयक निर्माण गर्न आवश्यक रहेको बताए । तिलगङ्गा आँखा अस्पतालका व्यवस्थापक डा कृष्ण गोपाल श्रेष्ठले विधेयकमा विश्वविद्यालयको डिन र निर्देशकको कार्य अनुभव बढाउनुपर्नेमा जोड दिए ।

वरिष्ठ जनस्वास्थ्य विशेषज्ञ डा महेन्द्रप्रसाद भट्टले सार्वजनिक साझेदारीका आधारमा विश्वविद्यालयलाई लैजानुपर्ने भनाइ राखे । समिति सदस्य छविलाल विश्वकर्माले विश्वविद्यालयलाई उद्देश्यमूलक र अन्यभन्दा फरक बनाउनु पर्ने बताए।

समिति सदस्य डा चन्द्रकान्त भण्डारीले विश्वविद्यालयलाई सुदूरपश्चिका जनताको जीवनस्तरसँग जोड्ने गरी निर्माण गर्न आवश्यक रहेको बताए । समिति सभापति अमरबहादुर थापाले सुझावका आधारमा विधेयकमा आवश्यक संशोधन गरिने जनाए ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  ८ : ४५ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको