बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता, विजेतालाई ५० हजार « Khabarhub

बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता, विजेतालाई ५० हजार


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नगरकोट महोत्सवलाई लक्षित गर्दै चाँगुनारायण नगरपालिकाले बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

नगरपालिकाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा परम्परागत रुपमा विभिन्न जात्रा, पर्व र मेलामा बजाइने भिमे बाजाको बागमती प्रदेशभरि नै संरक्षण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागेको जनाएको छ ।

नगरप्रमुख जीवन खत्रीले नगरपालिकाले एक वर्षभर आयोजना गर्न लागेको नगरकोट महोत्सव–२०८२ को प्रचारप्रसार एवं धिमे बाजाको सरक्षण गर्ने उद्देश्यले यही पुस २० गते चाँगुनारायण नगरपालिका–९ ताथली फाँटमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको बताए ।

प्रतियोगितमा प्रथम हुनेलाई नगद रु ५० हजार पुरस्कारसहित शिल्ड, एक थान धिमे बाजा, दुई थान भुछ्या र सिछ्या प्रदान गरिने छ । द्वितीय हुनेलाई रु २५ हजारसहित शिल्ड, प्रमाणपत्र धिमय् बाजा एक थान भुछ्या एक थान, सिछ्या एक थान र तृतीय हुनेलाई नगद रु १० हजारसहित शिल्ड, प्रमाणपत्र धिमय् बाजा एक थान भुछ्या एक थान प्रदान गरिने भएको छ ।

सान्त्वना हुनेलाई रु पाँच हजारसहित शिल्ड, प्रमाणपत्र धिमय् बाजा एक थान, उत्कृष्ट प्रस्तुतिलाई धिमय् बाजा एक थान, उत्कृष्ट छैटौँदेखि १०औँ स्थानसम्मः भुछ्या एक–एक थान र सहभागी प्रत्येकलाई मायाको चिनो प्रदान गरिने जनाइएको छ ।

चाँगुनारायणको पर्यटन प्रवर्द्धनमा सहयोग पु¥याउने उद्देश्यले आयोजित धिमे बाजा प्रतियोगिता सफल पार्न वडा नं. ९ ताथलीका वडाध्यक्ष गणेश त्यातको संयोजकत्वमा प्रतियोगिता समन्वय समिति गठन गरिएको छ ।

प्रतियोगितामा सहभागी जनाउन बागमती प्रदेशभित्रका १३ जिल्लाका सबै पालिकामा पत्राचार गरिसकेको र प्रतियोगितामा सहभागी हुन चाहनेले नगरपालिका कार्यालयमा आफैँ उपस्थित भएर वा इमेलमार्फत फाराम भर्न नगर प्रमुख खत्रीले आग्रह गरेको बताए ।

प्रतियोगिताका लागि रु ११ लाखको बजेटको व्यवस्थापन गरेको र काठमाडौँ उपत्यकाका साथै काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, दोलखा, नुवाकोट, धादिङलगायतका जिल्ला तथा ती जिल्लाका नगरपालिका, गाउँपालिका १३ जिल्लाबाट करिब ५० वटा समूहको प्रतियोगितामा रहभागिता रहने उनले बताए ।

यही पुस १५ गतेभित्र दर्ता भइसकेको समूहले प्रतियागितामा सहभागिता जनाउन पाउने छन् । प्रतियोगितामा नेवारी खाजा तथा खाना महोत्सव पनि आयोजना हुनेछ ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  ९ : ३३ बजे

परिवर्तनलाई आत्मसात् गरेर युवाहरू अगाडि बढ्नुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले परिवर्तनलाई आत्मसात् गरेर

राष्ट्रपति लीद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य

प्रधानमन्त्री शाहले दिए भारतको स्वतन्त्रता दिवसमा शुभकामना

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय

बसुन्धरामा उपभोक्ताको भीड, विभिन्न ब्रान्डका ग्यास वितरण (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको बसुन्धरामा शनिबार खाना पकाउने ग्यास लिन पुगेका

पार्टी फुट्ने आशंका निराधार : उपसभापति शर्मा

काठमाडौं– पार्टी फुट्ने आशंकालाई अस्वीकार गर्दै पार्टीका उपसभापति शर्माले पार्टीभित्र