विद्युत महसुल नतिरेका ३४ उद्योगको शेयरदेखि बैंक खातासम्म रोक्का गर्न पत्राचार (पत्रसहित) « Khabarhub

विद्युत महसुल नतिरेका ३४ उद्योगको शेयरदेखि बैंक खातासम्म रोक्का गर्न पत्राचार (पत्रसहित)


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


861
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले बिजुलीको बक्यौता महसुल तिर्न अटेरी गरेका ३४ उद्योगको शेयरदेखि बैंक खातासम्म रोक्का गर्न तालुक निकायमा पत्राचार गरेको छ ।

मन्त्रिपरिषद्‌को निर्णयअनुसार दिइएको पछिल्लो म्यादमा पनि महसुल नतिरेपछि प्राधिकरणले महसुल नतिरेका उद्योगीको लगानी रहेको ऊर्जा आयोजनाको विद्युत खरिद सम्झौता बमोजिम भुक्तानी गर्ने रकमबाट कटौती गर्ने पत्राचार ती कम्पनीमा गरेको छ ।

यस्तै, महसुल नतिरेका कम्पनीको शेयर रोक्का गर्न कम्पनी रजिस्ट्रारको कार्यालयलाई प्राधिकरणले पत्र पठाएको छ । पुँजीबजार नियामक नेपाल धितोपत्र बोर्डलाई पनि विद्युत महसुल भुक्तानी नभएसम्म ती कम्पनीलाई सर्वसाधारणतर्फ शेयर जारी गर्ने इजाजत रोकिदिन पत्राचार गरेको छ ।

बक्यौता उठाउन खोज्दा सरकारको नेतृत्व गरेका प्रधानमन्त्री र विभागीय मन्त्री नै व्यापारीका पक्षमा लाग्दै संस्थामाथि खनिएपछि प्राधिकरणले त्यस्ता उद्योगको बैंक खाता नै रोक्का गरिदिन नेपाल राष्ट्र बैंकमा पनि पत्र पठाएको छ । यी सबै पत्राचारबारे प्राधिकरणले विद्युत नियमन आयोगलाई पनि जानकारी गराएको छ ।

 

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ६ : ०५ बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट