विद्युत महसुल नतिरेका ३४ उद्योगको शेयरदेखि बैंक खातासम्म रोक्का गर्न पत्राचार (पत्रसहित) | Khabarhub Khabarhub

विद्युत महसुल नतिरेका ३४ उद्योगको शेयरदेखि बैंक खातासम्म रोक्का गर्न पत्राचार (पत्रसहित)


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


861
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले बिजुलीको बक्यौता महसुल तिर्न अटेरी गरेका ३४ उद्योगको शेयरदेखि बैंक खातासम्म रोक्का गर्न तालुक निकायमा पत्राचार गरेको छ ।

मन्त्रिपरिषद्‌को निर्णयअनुसार दिइएको पछिल्लो म्यादमा पनि महसुल नतिरेपछि प्राधिकरणले महसुल नतिरेका उद्योगीको लगानी रहेको ऊर्जा आयोजनाको विद्युत खरिद सम्झौता बमोजिम भुक्तानी गर्ने रकमबाट कटौती गर्ने पत्राचार ती कम्पनीमा गरेको छ ।

यस्तै, महसुल नतिरेका कम्पनीको शेयर रोक्का गर्न कम्पनी रजिस्ट्रारको कार्यालयलाई प्राधिकरणले पत्र पठाएको छ । पुँजीबजार नियामक नेपाल धितोपत्र बोर्डलाई पनि विद्युत महसुल भुक्तानी नभएसम्म ती कम्पनीलाई सर्वसाधारणतर्फ शेयर जारी गर्ने इजाजत रोकिदिन पत्राचार गरेको छ ।

बक्यौता उठाउन खोज्दा सरकारको नेतृत्व गरेका प्रधानमन्त्री र विभागीय मन्त्री नै व्यापारीका पक्षमा लाग्दै संस्थामाथि खनिएपछि प्राधिकरणले त्यस्ता उद्योगको बैंक खाता नै रोक्का गरिदिन नेपाल राष्ट्र बैंकमा पनि पत्र पठाएको छ । यी सबै पत्राचारबारे प्राधिकरणले विद्युत नियमन आयोगलाई पनि जानकारी गराएको छ ।

 

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ६ : ०५ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको चौथो कारोबार दिन आज सुनको मूल्य तोलामा

धान काट्न ‘रिपर’ मेसिन प्रयोग

महोत्तरी– महोत्तरी सदरमुकाम जलेश्वरसँग जोडिएको दक्षिणवर्ती क्षेत्रका किसानलाई धान काट्नका

लामिछानेसँग आज पनि बयान जारी

चितवन– सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

जुम्लाको पातारासीमा फोरजी सेवा

जुम्ला– जुम्लाको पातारासी गाउँपालिका–२ मा नेपाल टेलिकमको टावर सञ्चालनमा आएपछि

बीआरआईबाट नेपालले लाभ लिन्छ : प्रधानमन्त्री ओली

बेइजिङ– चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट