विद्युत महसुल नतिरेका ३४ उद्योगको शेयरदेखि बैंक खातासम्म रोक्का गर्न पत्राचार (पत्रसहित) « Khabarhub

विद्युत महसुल नतिरेका ३४ उद्योगको शेयरदेखि बैंक खातासम्म रोक्का गर्न पत्राचार (पत्रसहित)


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


861
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले बिजुलीको बक्यौता महसुल तिर्न अटेरी गरेका ३४ उद्योगको शेयरदेखि बैंक खातासम्म रोक्का गर्न तालुक निकायमा पत्राचार गरेको छ ।

मन्त्रिपरिषद्‌को निर्णयअनुसार दिइएको पछिल्लो म्यादमा पनि महसुल नतिरेपछि प्राधिकरणले महसुल नतिरेका उद्योगीको लगानी रहेको ऊर्जा आयोजनाको विद्युत खरिद सम्झौता बमोजिम भुक्तानी गर्ने रकमबाट कटौती गर्ने पत्राचार ती कम्पनीमा गरेको छ ।

यस्तै, महसुल नतिरेका कम्पनीको शेयर रोक्का गर्न कम्पनी रजिस्ट्रारको कार्यालयलाई प्राधिकरणले पत्र पठाएको छ । पुँजीबजार नियामक नेपाल धितोपत्र बोर्डलाई पनि विद्युत महसुल भुक्तानी नभएसम्म ती कम्पनीलाई सर्वसाधारणतर्फ शेयर जारी गर्ने इजाजत रोकिदिन पत्राचार गरेको छ ।

बक्यौता उठाउन खोज्दा सरकारको नेतृत्व गरेका प्रधानमन्त्री र विभागीय मन्त्री नै व्यापारीका पक्षमा लाग्दै संस्थामाथि खनिएपछि प्राधिकरणले त्यस्ता उद्योगको बैंक खाता नै रोक्का गरिदिन नेपाल राष्ट्र बैंकमा पनि पत्र पठाएको छ । यी सबै पत्राचारबारे प्राधिकरणले विद्युत नियमन आयोगलाई पनि जानकारी गराएको छ ।

 

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ६ : ०५ बजे

वर्षाले फूल खेतीमा क्षति, किसान निराश

सिरहा – तिहार र छठ पर्वलाई लक्षित गरी सयपत्री फूल

पुल नहुँदा बारीमै कुहिन्छ कृषि उपज, समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

गोरखा – सडक तथा पुलको अभावमा कृषि उपज बजारसम्म पुर्‍याउन

मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको