नेताको खल्तीमा बन्धक खुसी | Khabarhub Khabarhub

नेताको खल्तीमा बन्धक खुसी



२०११ सालमा राजा त्रिभुवनले कवि लक्ष्मीप्रसाद देवकोटालाई राजनीतिक बुद्धिजीवी छनोट गरी सल्लाहकार सभाको सदस्य बनाएका थिए। स्वतन्त्र विशिष्ट देवकोटालाई विरोधी बेञ्चले नेता तोक्यो। सल्लाहकार सभामा आफ्नो मत अभिव्यक्त गर्न तराईबासीलाई हिन्दी छुट हुनुपर्छ भनेर तराईका प्रतिनिधिले विवाद खडा गरे। त्यसबेलासम्म तराईको शिक्षा दीक्षामा हिन्दी माध्यमको छुट दिइएकोले पठित नेपालीलाई पनि नेपाली बोल्न आउँदैनथ्यो। हिन्दी बाहेक क्षेत्रीय भाषामध्ये एउटालाई स्थान दिँदा पनि समस्या उस्तै थियो। विभिन्न भाषाको प्रयोग गर्न दिने काम उचित थिएन।

राष्ट्रभाषाको विषयलाई लिएर तराईका प्रतिनिधिले सभा बहिष्कार गरे। उनीहरुको भनाइ थियो- ‘नेपालमा संविधान बनेकै छैन। राष्ट्रभाषा के हुनुपर्छ र उपभाषाको रुपमा कुन भाषाले स्थान पाउनुपर्छ, त्यो संविधानले निर्णय गर्ने कुरा हो। अन्तरिम संविधान काम चलाउ हो। त्यसको आधारमा कुनै जटिल प्रश्न लादिनु हुँदैन।’ दुई दिनको विवाद पछि नेपालीमा नै बोल्न अभ्यास गर्नुपर्ने र त्यो नभएसम्म आफ्नो विचार नेपाली नआउनेले हिन्दीमा व्यक्त गर्नसम्म पाउने, सदनको कार्यवाही, प्रस्ताव, प्रश्न, विधेयक आदि नेपालीमा नै हुनुपर्ने गरी समस्या सुल्झाउने निधो भयो।

कवि देवकोटालाई सरकारको यो नीति मन परेन। उनी बेन्चमा उठेर अंग्रेजीमा धाराप्रवाह भाषण गर्न थाले। अध्यक्षले रुलिङ त गरे तर भाषण रोकिएन। रुलिङपछि देवकोटाको उत्तर थियो– ‘हिन्दी एउटा देशको अर्धराष्ट्र भाषा नेपालमा बोल्न छुट पाइन्छ भने अन्तर्राष्ट्रिय भाषाको रुपमा मान्यता प्राप्त अंग्रेजी बोल्न किन नपाइने ? हिन्दीलाई राष्ट्रभाषा भन्ने मुलुकका समस्त कारोबार अंग्रेजीमा हुन्छन्। राष्ट्रसंघमा अंग्रेजी बोलिन्छ। भारतको संसदीय भाषा अंग्रेजी छ। हिन्दी कुन जाति र कुन क्षेत्रको मातृभाषा हो मलाई बताइदिनुप-यो। हामी अधिकांश सदस्य हिन्दी बुझ्दैनौं। तर यहाँ एक दुई सदस्य छोडेर म अंग्रेजी नबुझ्ने कोही देख्दिन।’

तात्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले पाकिस्तानी सेनाका एक लाख जतिलाई युद्धबन्दी बनाइन। पाकिस्तान टुक्र्याएर दुई स्वतन्त्र देश बनाइन। सिक्किमलाई भारतमा विलय गराइन। दक्षिण एशियाका कुनै शासक उनलाई शिर उँभो पारेर हेर्न सक्दैनथे।

तात्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले पाकिस्तानी सेनाका एक लाख जतिलाई युद्धबन्दी बनाइन। पाकिस्तान टुक्र्याएर दुई स्वतन्त्र देश बनाइन। सिक्किमलाई भारतमा विलय गराइन। दक्षिण एशियाका कुनै शासक उनलाई शिर उँभो पारेर हेर्न सक्दैनथे।

प्रतिपक्षी दलका नेता अटलविहारी बाजपेयीले उनको ख्यातीको प्रशंसा गर्दै रणचण्डी दुर्गासँग तुलना गरेका थिए। धाँधली र सरकारी बलको प्रयोग गरी उनले पश्चिम बंगालको चुनावमा सीपीएमलाई चुनाव वहिष्कार गर्न बाध्य पारिन। अनि कांग्रेसको एकलौटी शासन चलाइन। तर जगमोहन लाल नाम गरेका न्यायाधीशले इन्दिरा गान्धीले गराएको चुनाव कानुनी बर्खिलाप भन्दै बदरको घोषणा गरिदिए। यो फैसलाले सम्पूर्ण भारत हल्लियो। एउटा न्यायाधीशको फैसलाले इन्दिरा गान्धीले सत्ताबाट हात धुनु प-यो। एकताका सय करोड जनताकी राजमाता भनिएकी इन्दिरा गान्धी अन्ततः चुनाव हारिन।

नेपाली राजनीतिमा पात्र फेरियो, प्रवृत्ति फेरिएन। शासक फेरिए, शासकका सोख र बोली फेरिएन। यहाँको राजनीति अमूर्त कला हेरेको दर्शकलाई जवाफ मागिएजस्तै हुने गरेको छ। शास्त्र भन्छ- ‘राजरस महजस्तो स्वादिलो गुलियो हुँदैन। यो त विषपान गर्नुसरह हो। जुन शासकले विषपान गरी अमृत ओकल्छ, उसले कुशलतापूर्वक राज्य सञ्चालन गर्न सक्दछ। राजनीति गर्नेले निद्रामा पनि बिउँझनुपर्छ। अस्वस्थ हुँदा पनि मस्तिष्कमा चैतन्य बनाउनु पर्छ।’ तर भारतमा पानी पर्दा छाता ओढ्नुपर्ने पिरलोबाट यहाँको राजनीतिले कहिल्यै मुक्ति लिने भएन। त्यहाँको असफलतालाई पनि यहाँ शिरफूल बनाउने संस्कार विकास भयो।

नेपाली राजनीतिमा पात्र फेरियो, प्रवृत्ति फेरिएन। शासक फेरिए, शासकका सोख र बोली फेरिएन। यहाँको राजनीति अमूर्त कला हेरेको दर्शकलाई जवाफ मागिएजस्तै हुने गरेको छ।

भारत जाँदा राष्ट्रियताको क्रान्तिकारी स्वर लिएर जानेहरु फर्कदा छोराछोरी, बहिनी , सालासाली र ज्वाइँलाई डाक्टर, इन्जिनीयरको छात्रवृत्तिको करारनामामा राष्ट्रिय स्वार्थ खरानी बनाएर आउँछन्। नेपालीका लागि आउने कोसेली भनेको पेन्गुइनले लुगा लाए जसरी त्यहाँका नेतासँग खिचिएका बेढंगे फोटा मात्रै हुन। वर्षेनी झण्डै खरब डलरको व्यापार गर्ने भारत–चीन यी दुई देशका छिमेकी हामी नेपाली त्यो कुखुराको भाले भएका छौं, जो बासे पनि नबासे पनि बिहान हुन कुनै बाधा पर्दैन।

तिब्बती शरणार्थीका सारथि दलाई लामा वर्षौंदेखि भारतमा आसन जमाएर बसेका छन्। प्रमुख नेताले नै शरण पाएको मुलुकमा लोकतन्त्रको मर्यादामा कुनै आँच आएको छैन। व्यापारमा उतार चढाव आएको तथ्यांकले देखाउँदैन। द्विपक्षीय सम्बन्ध मजबुत छ।

कुटनीतिका खम्बा बज्रजस्तै दरिला छन्। बरु औद्योगिक क्रान्तिका मानक ठहरिएका जोर देश पश्चिमालाई लघारेर गुमेको पूर्वीय आर्थिक सभ्यता फेरि उदय गराउने महाअभियानमा जुटेका छन्। तर गेरु वस्त्र लगाउने एउटा तिब्बतीको गतिविधिलाई लिएर राष्ट्रमै भूइँचालो जानुपर्ने, गाडी गुडेका सहरका बाटा बन्द गरेपछि नागरिकले चोरबाटो खोज्नुपर्ने, ठूलाबडा मुखियाले एक चीन नीतिबारे दिनमा दश पटक स्पष्टीकरण दिनुपर्ने यो हाम्रो कस्तो कुटनीति हो ?

भारत जाँदा राष्ट्रियताको क्रान्तिकारी स्वर लिएर जानेहरु फर्कदा छोराछोरी, बहिनी , सालासाली र ज्वाइँलाई डाक्टर, इन्जिनीयरको छात्रवृत्तिको करारनामामा राष्ट्रिय स्वार्थ खरानी बनाएर आउँछन्। 

नागरिकता लिएर के गर्नु एकमुठी चिल्ला सुकिला बाहेकका नेपाली जनता आफ्नै आँगनमा शरणार्थीको नियति बाँच्न बाध्य छन्। एउटी नारी भृकुटी चीन पुगिन, साइनोको सेतू बनिन। अरनिको पुगे, संस्कृतिको अमिट बाटो कोरे। बीपी गए, संसारको धुरी सगरमाथालाई नेपालको पोल्टोमा पारे। अपठित जंगबहादुर बेलायत पुगेर आएपछि सेनामा सुधार गरे। छापाखाना प्रारम्भ गरे। राजा महेन्द्रले भारतसँगको निर्भरता हटाउन राजमार्गदेखि बसाइँ सराईको तुरुपसम्म चलाए।

पाँच दशकअघि नै बीपी कोइरालाले नेपालमा बढेको मुखुण्डो प्रवृत्तिको जस्ताको तस्तै आंकलन गरेका थिए। एक प्रसंगमा उनी भन्छन- ‘नेपालमा कस्तो स्थिति छ भने, को देशभक्त नेपाली हो ? त्यहाँ कोही हिन्दुस्तानवादी छन्, कोही चीनवादी होलान, कोही अरुवादी। म स्वदेश फर्कने कुरामा चीनवादी खुशी छन् रे ! भारतवादी खुशी छैनन रे ! एउटा चीनवादीले त मसित भने- भारतको विरोधमा बोल्छौ भने हामीहरु सहयोग गर्छौं। भारतको सम्बन्धमा तटस्थ रहन्छौ भने हामी पनि तटस्थ रहन्छौं। र भारतको समर्थन गर्छौ भने हामीहरु विरोध गर्छौं। अर्थात, उनीहरु म स्वदेश जाने कुरालाई नेपालको सम्बन्धमा विचार गर्दैनन्। चीन भारतका बीचमा मेरो कस्तो भूमिका हुन्छ, त्यो सोच्छन्। एउटा राजावादीले त के सम्म भनेछ भने भारतलाई गाली गर्छ भने हामी उ स्वदेश आउने कुराको समर्थन गर्छौं, होइन भने विरोध गर्छौं। मानौं, नेपालीहरु अमेरिका वा चीन वा भारतको दलालजस्तो भइरहेका छन्।’

ऋग्वेद सुक्त ७२/२ मा भनिएको छ– असत्यमा सत्य स्थापित छ। जो राजर्षि बनी देशको सेवा गर्छ उसले गिद्धको जस्तो दृष्टि, सिंहको जस्तो साहस, इन्द्रियमा अनुशासन, रहस्य लुकाउने क्षमताजस्ता गुणहरु आफूमा सुरक्षित राख्नु आवश्यक छ।’

ऋग्वेद सुक्त ७२/२ मा भनिएको छ– असत्यमा सत्य स्थापित छ। जो राजर्षि बनी देशको सेवा गर्छ उसले गिद्धको जस्तो दृष्टि, सिंहको जस्तो साहस, इन्द्रियमा अनुशासन, रहस्य लुकाउने क्षमताजस्ता गुणहरु आफूमा सुरक्षित राख्नु आवश्यक छ।’ नेपालको राजनीति विवेक कम, निर्देशन ज्यादाबाट चल्ने गरेको छ। अहिले मात्र हैन, उहिल्यैदेखि नै नेपालको राजनीतिमा तीर्थाटन गर्न आएको सामान्य मानिसदेखि हिमाल घुम्न आएको विदेशीले पनि खेल्ने गरेको तथ्य भेटिन्छ। जसको परिणाम गल्ती र कमजोरीको थाक यसरी लाग्दै गयो कि त्यो थाक राज्य सञ्चालनको अकाट्य नजिर बन्न पुग्यो।

तीर्थाटनमा आएकी एउटी महिलासँग घरजम गर्न पदीय गरिमा र मर्यादासम्म दाउमा लाउन पछि नपर्ने रणबहादुर शाहले विरासतको रोलक्रम नै तहसनहस बनाइदिए। छिमेकी देशको मात्र होइन, बेलायत पुगेर आएपछि महत्वाकांक्षी बनेका जंगबहादुरले केही साँच्चै ऐतिहासिक काम गरे। गोराको ढाड्स पाएका जंगबहादुरले आफू र आफ्ना सन्तति शक्तिशाली बनाउन शक्ति र सत्ताको चरम दुरुपयोग गरेकै हुन। आफ्ना भाइको विवाह राजा खलकसँग मात्र गराएनन्, श्री ३ घोषणा गरेर राजपाटमा दख्खल दिए। यसखाले व्यक्ति केन्द्रित राजनीतिले केही समयका लागि व्यक्ति शक्तिशाली देखिए पनि राज्य झन्झन् कमजोर बन्ने रहेछ।

घुसखोरीबाट राज्य संयन्त्र आक्रान्त छ। सरकारले दिने तलव हाजिरीवापत र कामका लागि अतिरिक्त असुल्नुपर्ने अघोषित नियम बन्दै गएको छ।

रोजगारीको खोजीमा विदेशिन बाध्य लाखौंको पीडा पनि अन्ततः यही मनोविज्ञानसँग जोडिएको छ। घुसखोरीबाट राज्य संयन्त्र आक्रान्त छ। सरकारले दिने तलव हाजिरीवापत र कामका लागि अतिरिक्त असुल्नुपर्ने अघोषित नियम बन्दै गएको छ। नेपालका अड्डा अदालतको कल्पना कस्तो गरिएको थियो भन्ने पृथ्वीनारायण शाहको यो अनुभवले पनि प्रष्ट पार्छ- ‘अदालथका पैसा दरवारभित्र नहाल्नु। फकीर फकिडा अतित जोगि सन्न्यासि ब्राह्मणहरु ईनैलाई दछिना भोर्जन चलाईदिनु। उप्रेका पैसा दछिना चलाई धोती रुमाल चलाईदिनु। यसो भया असत्यको दोस लाग्दैन।’

अहिले न्यायालयमा कस्तो गोरखधन्दा हुन्छ र न्यायाधीश नामका गुठियार कुन मनोवृत्तिका हुन्छन् भन्ने दृश्य जो कसैले अनुभव गर्न सक्छ। सबै ठाउँबाट निवृत्त भएपछि खुराफातको चरम प्रयोग गर्ने ठाउँ राजनीतिलाई बनाइँदा यी सवै झमेला आइलागेको हो भन्ने बुझ्न कठिन छैन। त्यसैले गरिबसँग हैन गरिबीसँग लड्ने राजनीतिक संस्कारको विकास गरौं।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ९ : ०४ बजे

नतिजा देखिनेगरी काम गरौँ : मन्त्री यादव

बुटवल – खानेपानीमन्त्री प्रदीप यादवले निर्माणाधीन खानेपानी आयोजनामा नतिजा देखिनेगरी

विचाराधीन विधेयकलाई आगामी अधिवेशनबाट पारित गर्न कांग्रेसको अपिल

काठमाडौं – नेपाली कांग्रेसले संसद्मा विचाराधीन विधेयकलाई संसद्को आगामी अधिवेशनबाट

नेपाल प्रहरीका दुई डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस

काठमाडौं – गृह मन्त्रालयले नेपाल प्रहरीका दुई जना प्रहरी नायब

शिक्षाको सुधारका लागि राजनीति सही हुनुपर्छ : डा बाबुराम भट्टराई

काठमाडौं – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा

कन्दरा ब्याण्डको गीत ‘हुनेछ : द सङ अफ होप’ सार्वजनिक

काठमाडौं – कन्दरा ब्याण्डले अङ्ग्रेजी नयाँ वर्ष सन् २०२५ को