काठमाडौँमा यस वर्षकै न्यून तापक्रम « Khabarhub

काठमाडौँमा यस वर्षकै न्यून तापक्रम


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिउँदे वर्षा नभए पनि देशभर चिसो बढिरहेको छ । काठमाडौँ उपत्यकामा पनि चिसो बढ्ने क्रम जारी छ ।

काठमाडौँ उपत्यकामा आज यस वर्षकै सबैभन्दा कम दुई दशमलव पाँच डिग्री सेल्सियस तापक्रम मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए ।

आज बिहान पाँच बजेतिर न्यूनतम तापक्रम दुई दशमलव नौ डिग्री मापन भएकामा  पौने ९ बजे न्यूनतम तापक्रम दुई दशमलव पाँच डिग्रीमा झरेको हो । दुई दिनअघि न्यूनतम तापक्रम तीन डिग्री मापन भएको थियो ।

जुम्लामा माइनस पाँच दशमलव तीन र मुस्ताङको जोमसोममा माइनस पाँच दशमलव पाँच डिग्री रेकर्ड भएको वरिष्ठ मौसमविद् अर्यालले बताए ।

उनले अहिले गण्डकी, कोसी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहेको बताए । अन्य क्षेत्रमा भन्दा यो क्षेत्रमा बढी बदली रहेको र तराईको सबै क्षेत्रमा हुस्सु लागिरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ११ : ४१ बजे

एल्गोरिदमको लोकप्रियताले मुलुकलाई युक्रेनजस्तै बनाउन सक्छ : आङदेम्बे

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मुलुक अप्ठेरो

कांग्रेसमा सभापतिलाई थप अधिकार, ६१ केन्द्रीय सदस्यदेखि चार सहमहामन्त्रीसम्म मनोनीत गर्न पाउने

काठमाडौं – नेपाली कांग्रेसको विधानले पार्टी सभापतिलाई विभिन्न पदमा नेताहरू

गगनले मीन विश्वकर्मालाई सह-महामन्त्री बनाउँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्रीका आकांक्षी मीन विश्वकर्माले कुनै

गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन महत्वका निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडाैँ – सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारका नाममा दीर्घकालीन महत्वका

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा