साताका तस्बिर : जात्रादेखि जाडोसम्म ! « Khabarhub

साताका तस्बिर : जात्रादेखि जाडोसम्म !



काठमाडौं- यो साता काठमाडौंमा धार्मिक गतिविधि प्रशस्त भए । स्वस्थानी ब्रतको थालनी, सेतो मच्छिन्द्रनाथको सौन्दर्यकरण, जीवित देवी कुमारीको जात्रा का साथै बाह्र वर्षमा एकचोटि हुने नेवाः समुदायका जात्राहरुका कारण पुस–माघको चिसोमा काठमाडौं उपत्यका तात्यो ।

राजनीतिक रुपमा राष्ट्रियसभाको चुनाव सम्पन्न भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि लागेको सहकारी ठगीको आरोपको जवाफमा पत्रकार सम्मेलन आयोजना गरेका छन् ।

माघको दोस्रो साता सुरु भए पनि कालिञ्चोक, हेलम्बु लगायतका स्थानमा हिमपात भएका कारण काठमाडौंको मौसम चिसो बनेको छ । पुस कटे पनि बिहान बेलुका काठमाडौंमा चिसो बढेको छ । सिन्धुपाल्चोकको हेलम्बुमा विद्यालयमा हिमपात भएको छ ।

राजनीतिक रुपमा त्यस्तो उथल–पुथल खासै नदेखिए पनि यो साता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सवारी लाइसेन्स सम्बन्धी छलफल चर्चामा रह्यो ।

चिसोको मौसममा उपत्यकाका विद्यालयहरु बन्द रहे पनि रत्नपार्क लगायतका सार्वजनिक पार्कहरुमा निःशुल्क प्रवेशको अनुमति नहुँदा बालबच्चाहरुले खेल्न पाएनन् । यस्ता सार्वजनिक स्थलमा सरकार वा महानगरले सहज पहुँच उपलब्ध गराउन नसक्दा जाडोको छुट्टी मनाउने बालवालिका समस्यामा परे ।

याे पनि- जीवित देवी कुमारीको रहस्यमय जीवन

मंसिरको बिहेको मौसम, अंग्रेजी नयाँ वर्ष र माघे संक्रान्तिमा मनाइने पर्वहरु सकिए पनि फेब्रुअरीको भ्यालेन्टाइन आउन लाग्दा बजारमा फूलको व्यापार फस्टाएको छ । पसलहरुमा गुलाबको फूल विक्रीमा राखिएका छन् ।

यिनै विषयवस्तुलाई समटेर हामीले यहाँ साताका तस्बिरहरु प्रस्तुत गरेका छौं –

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  २ : ४३ बजे

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य

बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान

राँझा – बाँकेका चार स्थानीय तहमा गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप

युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य

सुर्खेतमा एक विद्यार्थी मृ*त भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको