एमाले अध्यक्ष ओली र चिनियाँ उपमन्त्रीबीच भेट | Khabarhub Khabarhub

एमाले अध्यक्ष ओली र चिनियाँ उपमन्त्रीबीच भेट


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गरेका छन् ।

ललिततपुर, च्यासलस्थित एमाले पार्टी मुख्यालयमा आज भएको भेटमा उनीहरुबीच नेपाल–चीन सम्बन्ध तथा एमाले र चिनियाँ कम्युनिष्ट पार्टीबीच सम्बन्धलाई राम्रो बनाउनुपर्दछ भन्ने विषयमा छलफल भएको एमाले विदेश विभाग प्रमुख डा राजन भट्टराईले जानकारी दिए । 

उनका अनुसार पार्टी अध्यक्ष ओलीले विगतमा चिनियाँ कम्युनिष्ट पार्टीसँग एमाले सरकारमा हुँदा भएका सहमति कार्यान्वयन गर्न आग्रह गरे । उपमन्त्री सुन हायानले पनि दई देशबीच उच्च राजनीतिक तहमा भएका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको एमाले विदेश विभाग प्रमुख भट्टराईले बताए । 

उपमन्त्री हायान नेकपा (माओवादी केन्द्र) को औपचारिक निमन्त्रणामा शुक्रबार नेपाल भ्रमणमा आएका हुन् । 

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ३ : ४२ बजे

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा अहिले मन्त्रिपरिषद्को बैठक बसिरहेकाे छ।

अपडेट: हायू परिवारकी माइली छोरी प्रहरीको सम्पर्कमा

काठमाडौं – सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बाट एकै परिवारका १६ जना

सर्लाहीमा स्कुल बसले किच्दा बालिकाको मृत्यु

सर्लाही – सर्लाहीको ब्रह्मपुरीमा स्कुल बसले किचेर आज एक बालिकाको

वारेस राख्न माधव नेपाललाई विशेष अदालतले दिएन अनुमति

काठमाडौं – विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई वारेसमार्फत मुद्दा लड्न

सात महिनादेखि अलपत्र गौरीघाट पुलले भक्तजनलाई समस्या

काठमाडौं – पशुपति क्षेत्रस्थित गौरीघाटबाट गुह्येश्वरी मन्दिर जाने पुल नबन्दा