नेतामा लोभको घैँटोे रहुञ्जेल जनताले सुख पाउँदैनन् : मन्त्री गुरुङ « Khabarhub

नेतामा लोभको घैँटोे रहुञ्जेल जनताले सुख पाउँदैनन् : मन्त्री गुरुङ


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

खोटाङ – नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले समुन्नत समाज निर्माण आफ्नो प्रमुख गन्तव्य भएको बताएका छन् ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आज नगरपालिकाको वडा नं १० अर्खौलेमा आयोजना गरेको अन्तरमाध्यमिक विद्यालयस्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटनमा सम्बोधन गर्दै मन्त्री गुरुङले नेताहरू लोभबाट मुक्त हुन आवश्यक रहेको बताए । उनले नेताहरूमा लोभको घैँटो रहुञ्जेल जनताले सुख नपाउने बताए ।

“नेताहरूमा एउटै यात्रा सदाचारको हुन आवश्यक छ । नेताहरूमा लोभको घैँटो रहुञ्जेल जनताले सुख पाउँदैनन्”, उनले भने, “नेताहरू लोभबाट मुक्त हुन आवश्यक छ । लोभबाट मुक्त भएर अगाडि बढ्न सकेमात्र समुन्नत समाज निर्माण गर्न सफल हुन्छौँ । यो अभियान आफैँबाट सुरु गर्नुपर्छ ।”

मन्त्री गुरुङले आजका विद्यार्थीहरु मुलुकको भविष्य भएको भन्दै उनीहरुको भविष्य निर्माणमा सबैको उत्तिकै भूमिका हुने बताए । उनले प्रतियोगितामा सहभागी विद्यार्थीलाई आफू सफल हुनुको उदाहरणसमेत प्रस्तुत गरेका छन् ।

“हाम्रो पालमा बिहान–बेलुका गाईवस्तुलाई घाँस नकाटी विद्यालय जान पाइन्नथ्यो । म पनि स्याङ्जाको एउटा ग्रामीण विद्यालयमा पढेको व्यक्ति हुँ । तपाईँहरूको भन्दा कठिन थियो मेरो दिनचर्या ! रातिमात्र गृहकार्य गर्न पाउँथे”, उनले भने, कठिन परिस्थितिमा कोही पनि बिचलित हुनु हुँदैन । लगनशील भएर अगाडि बढिरहनुपर्छ । लगनशील भएको खण्डमा कोही पनि असफल भइन्नँ ।”

नगरप्रमुख विमला राईले सङ्घ तथा प्रदेश सरकारबाट विनियोजन भएर स्थानीय तहमा आउने योजना कार्यान्वयनमा केही कानुनी जटिलता भएकाले त्यसलाई संशोधन गर्न मन्त्री गुरुङलाई अनुरोध गरेका छन्।

“सङ्घ तथा प्रदेश सरकारबाट परेका योजना कार्यान्वयन गर्न स्थानीय सरकारलाई अधिकार छैन । हाम्रो क्षेत्राधिकारभन्दा बाहिर हुनेबित्तिकै ठेकेदार कम्पनीले लापरवाही गरेको पाइन्छ”, उनले भने, “यहाँको पालामै ती कानुनी व्यवधानलाई संशोधन गरियोस्, ता कि आगामी दिनमा स्थानीय सरकारका जनप्रतिनिधिले सहजरुपमा काम गर्न पाउन् ।”

नगरप्रमुख राईले नगरपालिकाको समग्र विकासका लागि पहल गरिदिनसमेत मन्त्री गुरुङलाई अनुरोध गरेका छन् । आफूहरूले जनताकै पक्षमा काम गर्दागर्दै केही व्यक्तिको निहित स्वार्थका कारण कानुनी झमेला व्यहोर्नुपरेको जानकारी दिँदै नगरप्रमुख राईले आगामी दिनमा त्यस्तो झमेलाबाट मुक्त हुनेगरी कानुन संशोधन गर्न मन्त्री गुरुङसमक्ष माग राखेका छन् ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ८ : ५९ बजे

प्रतिनिधिसभा आकस्मिक समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको बैठकको आजको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटनादेखि बाढी

भरतपुर अस्पतालमा बिरामीको भीड, उपचार पाउनै सास्ती ! (तस्बिरहरू)

चितवन– चितवनका निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमा सेवा बन्द

अमरेशको प्रश्न- प्रहरीले मधेशका आन्दोलनकारीमाथि किन सिधै गोली चलाएको हो ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मधेशमा

अर्का घाइते रवीन्द्रको मृत्युपछि आन्दोलनमा उत्रिए कप्तानगञ्जबासी, रुख ढालेर सडकमा अवरोध

सुनसरी- जिल्लाको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा गत १० गते (आइतबार) राति

अस्पताल परिसरमा नर्सको नारा : हाम्रो ब्लडप्रेसर होइन, तलब बढाइदेऊ

काठमाडौं– अनसनरत स्टाफ नर्स ज्योति रानाभाटप्रति ऐक्यबद्धता जनाउँदै वीर अस्पतालमा कार्यरत