इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डमाथि वेष्टह्याम युनाइटेडको जित | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डमाथि वेष्टह्याम युनाइटेडको जित


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्टह्याम युनाइटेड विजयी भएको छ । गएराति भएको खेलमा ब्रेन्टफोर्डलाई ४–२ गोलले हराउँदै वेष्टह्यामले जित निकालेको हो ।

वेष्टह्यामका लागि जारोड बोवेनले ह्याट्रिक गरेका थिए भने इमर्सन पाल्मीरीले एक गोल गरेका थिए । यस्तै ब्रेन्टफोर्डका नील माउपे र
योने विसाले एक–एक गोल गरेका थिए ।

जारोडले खेलको पाँचौँ, सातौँ र ६३औँ मिनेटमा गोल गरेका थिए । यस्तै, पाल्मीरीले ६९औँ मिनेटमा एक गोल थपेका थिए । ब्रेन्टफोर्डका माउपेले १३औँ तथा विसाले ८२औँ मिनेटमा गोल गरेका थिए ।

यो जितसँगै २६ खेलबाट ३९ अंक जोडेको वेष्टश्ह्याम तालिकाको आठौँ स्थानमा उक्लिएको छ । पराजित भएको ब्रेन्टफोर्ड २५ अंकसहित १६औँ स्थानमा छ । शीर्षस्थानमा रहेको लिभरपुलको ६० अंक छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ८ : ३२ बजे

इलाम २ मा सुहाङ नेम्बाङको अग्रता कायमै

काठमाडौं । इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

जुगल गाउँपालिका–७ का वडाध्यक्ष पक्राउ

सिन्धुपाल्चोक । बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरबाट आज लागूऔेषधसहित तीन जना पक्राउ परेका छन्। दार्चुला

आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

बझाङमा एमालेको अग्रता, कांग्रेस ६ सय मतले पछाडि

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी छ