इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डमाथि वेष्टह्याम युनाइटेडको जित « Khabarhub

इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डमाथि वेष्टह्याम युनाइटेडको जित


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्टह्याम युनाइटेड विजयी भएको छ । गएराति भएको खेलमा ब्रेन्टफोर्डलाई ४–२ गोलले हराउँदै वेष्टह्यामले जित निकालेको हो ।

वेष्टह्यामका लागि जारोड बोवेनले ह्याट्रिक गरेका थिए भने इमर्सन पाल्मीरीले एक गोल गरेका थिए । यस्तै ब्रेन्टफोर्डका नील माउपे र
योने विसाले एक–एक गोल गरेका थिए ।

जारोडले खेलको पाँचौँ, सातौँ र ६३औँ मिनेटमा गोल गरेका थिए । यस्तै, पाल्मीरीले ६९औँ मिनेटमा एक गोल थपेका थिए । ब्रेन्टफोर्डका माउपेले १३औँ तथा विसाले ८२औँ मिनेटमा गोल गरेका थिए ।

यो जितसँगै २६ खेलबाट ३९ अंक जोडेको वेष्टश्ह्याम तालिकाको आठौँ स्थानमा उक्लिएको छ । पराजित भएको ब्रेन्टफोर्ड २५ अंकसहित १६औँ स्थानमा छ । शीर्षस्थानमा रहेको लिभरपुलको ६० अंक छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ८ : ३२ बजे

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त