दीपेश पुनको सहयोगमा जितेका थिए जीबी राईले सम्बन्धविच्छेदको मुद्दा | Khabarhub Khabarhub

दीपेश पुनको सहयोगमा जितेका थिए जीबी राईले सम्बन्धविच्छेदको मुद्दा


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विभिन्न सहकारीमा बचतकर्ताको रकम अपचलन गरी फरार भएका भनिएका गितेन्द्रबहादुर राई (जीबी राई) ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनको सहयोगमा श्रीमतीसँग सम्बन्धविच्छेद गरेको खुलेको छ । संसदको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष समितिको छानबिनले सो खुलासा गरेको हो ।

राईले आफ्नी पहिली श्रीमतीसँग दीपेश पुनको सहयोगमा सम्बन्धविच्छेदको मुद्दा जितेको र त्यसपछि उनीहरू हेलिकप्टर चढेर ओखलढुंगा सँगै पुगेको समितिको प्रतिवेदनमा उल्लेख छ ।

‘उनकै सहयोगमा जीबी राईले वातावरण बनाई पहिलो श्रीमतीसँग सम्बन्धविच्छेदको मुद्दा जिते । र, हेलिकप्टर चढेर जिल्ला सदरमुकाम ओखलढुंगामा दीपेश–जीबीसँगै पुगेका थिए’, प्रतिवेदनमा उल्लेख छ ।

हेलिकप्टरमा ओखलढुंगा पुगेर फर्केपछि ‘बक्सिस’का रूपमा जीबीले दीपेशहरूको टोलीलाई पोखराको फूलबारी रिसोर्टमा पार्टीसमेत दिएको अनुसन्धानले देखाएको छ । ‘उक्त मुद्दा जिताएबापत ‘बक्सिस’का रूपमा जीबीले दीपेशहरूको टोलीलाई पोखरास्थित रिसोर्टमा पार्टी दिएका थिए’, प्रतिवेदनमा उल्लेख गरिएको छ’, ‘१० लाख रूपैयाँ खर्चको सीमा दिइएको उक्त ‘पार्टी’मा ४ लाख ९० हजार रूपैयाँ खर्च भएको थियो ।’

तर, सम्बन्धविच्छेदको मुद्दामा दीपेशले राईलाई कसरी सहयोग गरे भन्ने बारेमा भने प्रतिवेदनमा खुलाइएको छैन । दीपेश पुनको सहयोगमा मुद्दा जितेर श्रीमतीसँग सम्बन्धविच्छेद भएपछि राई र पुनको बीचमा सम्बन्ध थप प्रगाढ बन्दै गएको र उनीहरू व्यावसायिक साझेदार बन्न सुरु गरेका थिए ।

जीबीसँगको सम्बन्धपश्चात दीपेश बुटवलको सुप्रिम सहकारीको सचिव भएको र उनकै पहलमा गोरखा मिडिया नेटवर्ककको तर्फबाट नागरिकखबरडटकम सञ्चालनमा ल्याइएको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।

‘उनी विस्तारै जीबीको व्यावसायिक साझेदार पनि बने, गिट्टी बालुवा खानी उत्खनन् र क्रसर व्यवसायको साझेदार रहेका कैलाश दर्लामी मगरलाई पनि दीपेशले सहकारीमै ल्याए’, प्रतिवेदनमा उल्लेख छ, ‘आफू निकट मान्छे सहकारीहरूमा राख्नकै लागि सुप्रिम सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमा बुटवलमा दीपेश आफैँ सचिव बने ।’

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ४ : ३२ बजे

राहुल चौधरी लगातार पाँचाैँ वर्ष ‘होटेलियर पावर लिस्ट’मा

काठमाडौं – सीजी हस्पिटालिटी होल्डिङ्सका प्रबन्ध निर्देशक एवम्‌ प्रमुख कार्यकारी

कृषि उत्पादन बढाउन व्यवसायिकरण जरुरी छ : डा महत

सुदूरपश्चिम– नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले कृषिको

दशैँलाई काठमाडौंमा ४५ हजार खसीबोका भित्र्याइँदै

काठमाडौं – दशैंमा मासुको माग पूर्ति गर्न काठमाडौं उपत्यकामा झन्डै

चितवन कांग्रेस विद्युतीय हाजिरीमा अभ्यस्त

चितवन – नेपाली कांग्रेस पार्टी कार्यालय चितवनले पार्टीका जिल्ला नेताहरूका

मलेसियामा जीबीलाई दश दिनसम्म खोजेर रित्तै फर्किएको थियो प्रहरी टोली

काठमाडौं – गोरखा मिडिया नेट्ववर्कका अध्यक्ष गितेन्द्रबाबु राईलाई नेपाल प्रहरीको