त्रिदेशीय टी–२० सिरिज : नामिबियाविरुद्ध नेपाल फिल्डिङमा « Khabarhub

त्रिदेशीय टी–२० सिरिज : नामिबियाविरुद्ध नेपाल फिल्डिङमा


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल, नामिबिया र नेदरल्याण्डस सम्मिलित त्रिदेशीय टी–२० सिरिज आज सुरु भएको छ । सिरिज अन्तर्गतको पहिलो खेलमा अहिले नेपाल र नामिबियाबीच प्रतिस्पर्धा भइरहेको छ ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नामिबियाले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपाल फिल्डिङमा उत्रिएको छ । आजको खेलमा दुवै टोली विजयी सुरुवात गर्ने लक्ष्यमा छन् ।

नेपाली टीममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, बिबेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् ।

नेपाल, नामिबिया र नेदरल्यान्ड्सले आईसीसी विश्वकप क्रिकेट लिग–२ लगत्तै टी– २० सिरिज खेल्न लागेका हुन् ।

 

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ११ : ५७ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना