देश बनाउने दायित्व रास्वपाले पूरा गर्छ : उपसभापति अर्याल « Khabarhub

देश बनाउने दायित्व रास्वपाले पूरा गर्छ : उपसभापति अर्याल


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रबि लामिछानेले जनताले परिवर्तनको कसम खाने हो भने मुलुक परिवर्तन हुने बताएका छन् । साेमबार कपिलवस्तुको जीतपुरस्थित बुद्ध रंगशालामा रास्वपाले आयोजना गरेको खुलासभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले भने– ‘म शक्तिशाली जनता हुँ, दास होइन। नोकर होइन। म लोभी होइन। रक्सी–मासुमा भोट बेच्नेवाला होइन। म सचेत नागरिक हुँ भनेर कसम खान सक्नुहुन्छ? र, त्यो कसम चार वर्ष टिकाउन सक्नुहुन्छ? सक्नुहुन्छ भने यो देशमा परिवर्तन कसैले पनि रोक्न सक्दैन।’

यस्तै उनले एक कार्यकाल बहुमतको सरकार चलाएर आफूले भनेका कुरा पूरा गर्न नसके राजनीतिबाटै अलग हुने समेत बताए । 

उनले भने, ‘राम्रो गरुन्जेल घण्टी बजाउनुस्। नराम्रो गर्दा घण्टीले हामीलाई नै बजाइदिनुस्।’

कुनै षड्यन्त्रले पार्टीले यात्रा रोकियो भने पार्टी बनाउने जिम्मा जनतालाई दिने उनको भनाई छ । यस्तै उपसभापति डीपी अर्यालले देश बनाउने दायित्व रास्वपाले पूरा गर्ने दाबी गरे । जनताको आशा र अपेक्षा पूरा गर्न सधैँ इमानदार रहने र नागरिकको अहित हुने काम कहिल्यै नगर्ने उनले भने ।  

उनले भने, ‘रास्वपाविरुद्ध निरन्तर षड्यन्त्र हुन सक्नेमा पार्टी पंक्ति चनाखो हुनुपर्छ सभापति लामिछानेविरुद्धका षड्यन्त्र, लान्छना र आरोपको जनस्तरबाटै प्रतिवाद गर्नुपर्छ । ‘

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  १२ : ५९ बजे

मनहरामा सुकुम्बासी मोर्चाको कोणसभा, भदौ १२ देखि अनिश्चितकालीन सत्याग्रहको चेतावनी

भक्तपुर– भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुम्बासी बस्तीका प्रभावित

म्यान्मामा नदीको बाँध फुट्दा ४० हजार प्रभावित

एजेन्सी– जुलाई –३० देखि अगस्ट –७ सम्मको मनसुनी वर्षाका कारण

बिदाको दिन प्रशासन खुलेपछि राष्ट्रिय परिचयपत्र बनाउन सहज

दमौली– सरकारी कार्यालयमा सामान्यतया सार्वजनिक बिदाका दिन सेवा प्रवाह हुँदैन

हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु

एजेन्सी– मन्त्रालय तथा सैन्य स्रोतका अनुसार रणनीतिक यमनी प्रान्तमा हुथी

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

भद्रपुर– पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार घाटा