युवा संघ नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रवक्ता सन्जिप राईलाई « Khabarhub

युवा संघ नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रवक्ता सन्जिप राईलाई


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रवक्ता सन्जिप राईलाई दिइएको छ ।

युवा संघ नेपालका अध्यक्ष कृष्ण बिक रसिया जाने भएकाले साे जिम्मेवारी उनलाई दिइएको हो । 

रसियन सरकारको आयोजनामा हुन गइरहेको विश्व युवा महोत्सवमा सहभागी हुन ठुलो सङ्ख्यामा नेपाली युवाहरू जाँदैछन् । महोत्सव आगामी मार्च १ देखि ८ तारिखसम्म रसियाको सोची सहरमा हुँदैछ । सो कार्यक्रममा वामपन्थी राजनीति दल निकट युवा नेता कार्यकर्ताहरु सहभागी हुँदै छन् । 

नेपाल राष्ट्रिय तयारी समिति (एनपीसी) को नेतृत्व नेकपा (एकीकृत समाजवादी) ले गरेको छ । उक्त महोत्सवमा नेपालबाट १ सय २५ जना सहभागी हुँदै छ ।

रसिन हाउसमा सम्पन्न बिदाइ कार्यक्रम माझ रसियाका राजदूत अलिक्सइ नोभिकोपत्नी एरिना, रसियन हाउसका निर्देशक एन्टोन र रसियन दूतावासका प्रथम  अधिकृत एलेक्जेन्डरले महोत्सवमा जाने युवाहरूलाई शुभकामना दिएका थिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ५ : ३४ बजे

साफ यू–१९ महिला च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

कास्की – पोखरामा आजदेखि सुरु भएको साफ यू–१९ महिला च्याम्पियनसिप

विपद्का १४ मध्ये १२ वटा आगलागी र डढेलोका घटना

काठमाडौं – पछिल्लो २४ घण्टामा विभिन्न विपद्का १४ घटनामध्ये १२

डिजेल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं – नेपाल आयल निगमले डिजेलरमट्टितेको मूल्य बढाएको छ ।

सङ्खुवासभाको चैनपुरमा खुकुरी प्रहार गरी एक जनाको हत्या

सङ्खुवासभा – सङ्खुवासभाको चैनपुर नगरपालिका–१० स्थित इखम्बुमा खुकुरी प्रहार गरी

गोसाइँकुण्डमा बरफ जमेपछि सावधानी अपनाउन आग्रह

रसुवा – रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्ड क्षेत्रमा बढेको चिसोका कारण