डडेल्धुराको रंगुन खोलामा बेहोस फेला परेका युवकको मृत्यु « Khabarhub

डडेल्धुराको रंगुन खोलामा बेहोस फेला परेका युवकको मृत्यु


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

धनगढी । डडेल्धुराका एक युवकको मृत्यु भएको छ। जिल्लाको आलिताल गाउँपालिका–८ घुम्ती नजिक रंगुन खोलामा बेहोस अवस्थामा फेला परेका २८ वर्षीय राजु विकको मृत्यु भएको हो।

उनको घर डोटीको जोरायल गाउँपालिकाका–१ भानाकोट रहेको प्रहरीले बताएको छ। बेहोस अवस्थामा रहेका उनलाई जोगबुढा अस्पतालमा लैजाने क्रममा बाटोमा मृत्यु भएको डडेल्धुरा प्रहरीले बताएको छ। उनी ट्याक्टर चालक हुन्। ट्याक्टरको ब्याट्री झिकेर खोलामा गएका उनी माछा मार्ने क्रममा करेन्ट लागेर बेहोस भएका थिए।

सहचालकले खबर गरेपछि घटनास्थलबाट उनलाई एम्बुलेन्समा राखेर जोगबुढा अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गर्दैछ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ८ : ५७ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।