बागलुङको बरेङ–शान्तिपुर सडक स्तरोन्नतिको प्रतीक्षामा | Khabarhub Khabarhub

बागलुङको बरेङ–शान्तिपुर सडक स्तरोन्नतिको प्रतीक्षामा


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

बागलुङ– दक्षिण बागलुङलाई मुख्य सहरी क्षेत्रसँग जोड्न विसं २०६४ मा ट्रयाक खुल्यो तर बरेङ गाउँपालिका र गुल्मीको शान्तिपुरलाई जोड्न बनाइएको सडक १६ वर्ष बितिसक्दा पनि स्तरोन्नति हुनसकेको छैन ।

खाल्डाखुल्डी र अप्ठ्यारो सडक त्यसमाथि साँघुरो हुँदा यहाँका हजारौँ नागरिक जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । बरेङबाट शान्तिपुरसम्मको १३ किलोमिटर सडक डेढ दशकदेखि बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ । दुवै याममा स्थानीयले सास्ती खेप्नुपरेको छ ।

राष्ट्रिय गौरवका आयोजनाअन्तर्गतका मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, सालझण्डी–ढोरपाटन सडक भए पनि बरेङ गाउँपालिकासँग जोडिएका छैनन् तर गाउँपालिकाले कालीगण्डकी करिडोरसँग जोड्न सडक निर्माण गरिसकेको छ ।

दुई जिल्लालाई जोड्ने यो सडकलाई दक्षिण बागलुङ ‘व्यापारिक सडक’का रूपमा लिइन्छ । बरेङ क्षेत्रका लागि जिल्ला सदरमुकाम बागलुङ बजार अपायक पर्छ । प्रशासनिक कामबाहेक यहाँका अधिकांश स्थानीय बुटवल जाने गर्छन् । दैनिक हजारौँ यात्रु ओहोरदोहोर गर्ने सडकको दुरावस्था सम्बोधनका निम्ति राज्यको नजर नपरेकामा स्थानीय खिन्न छन् ।

गाउँपालिकाले बरेङडाँडाबाट पालिकाको कार्यालय सुँडालासम्म सडक फराकिलो बनाउने, पानीको निकासका निम्ति नाली निर्माण र ग्याबिन उठाइएको छ । सडक कालोपत्र गर्न बजेट अभाव भएकोे बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले दुखेसो गरे ।

कालोपत्रका लागि धेरै बजेट लाग्ने तर पालिकाको बजेटले नभ्याउने उहाँले बताउनुभयो । गुल्मीको शान्तिपुर र बुुटवल व्यापार तथा अन्य कामका लागि नजिक भएको हुँदा आवतजावत बाक्लो हुने उक्त सडक अपरिहार्य भएको अध्यक्ष शर्माले बताए ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ९ : १६ बजे

भ्रष्टाचारमा डुबेका मन्त्रीद्वय गुप्ता र अधिकारीलाई तुरुन्त बखास्त गरियोस् : विवेकशील साझा

काठमाडौं– विवेकशील साझा पार्टीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री

गाजाको पानी वितरण केन्द्रमा आक्रमण : ६ बालबालिकासहित १० जनाको मृत्यु

काठमाडौं – आइतबार गाजामा पानी वितरण केन्द्रमा पानी थापिरहेका १०

जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

मोरङ– मोरङको बेलबारीमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको

‘सिनो भइसकेको शेयर बजार र घरजग्गा कारोबारले अर्थतन्त्रलाई कहिँ लैजाँदैन’

काठमाडौं– गभर्नर डा. विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकमा जानुअघि विभिन्न

नमूना बगैँचा बनाउन किसानलाई सुन्तलाका बिरुवा वितरण

चितवन– चितवनको इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय सुन्तलाका