हर्क साम्पाङले पहिचान पक्षधर उम्मेदवारलाई सघाउने « Khabarhub

हर्क साम्पाङले पहिचान पक्षधर उम्मेदवारलाई सघाउने


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले इलाम– २ को उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूलाई समर्थन गर्ने भएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत स्वतन्त्र उम्मेदवार लिम्बूलाई  जिताउन अपिल गरेका छन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘पार्टी जित्ने जनता हार्ने चलन अब चल्दैन । ईलाम–संस्कृतिवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुलाई जिताऔँ । ’

यसअघि उनले इलामका स्वतन्त्र उम्मेदवार मिलन लिम्बूलाई सघाउने लिम्बू निकट व्यक्तिहरूले बताएका थिए । तर लिम्बूलाई रास्वपाले टिकट दिने हल्ला आएपछि साम्पाङको मुड परिवर्तन भएको हो ।

उनले दुई हप्ता अगाडि इलामका स्वतन्त्र उम्मेदवारलाई आफूले समर्थन गर्ने बताएका थिए । त्यसपछि मिलनले भेटेर आफूलाई सघाउन भनेका थिए । तर साम्पाङले भने पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार संस्कृतिवादी डकेन्द्रलाई जिताउन अपिल गरिरहेका छन् ।

पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बू

डकेन्द्र प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक पनि हुन् । पहिचानको आन्दोलनमा नेतृत्व गरिरहेका नेता तथा जनताको उनलाई साथ छ ।  

प्रदेश १ पुनः नामाङ्कन संघर्ष समिति पहिचानवादीको साझा उम्मेदवारका रूपमा डकेन्द्र सिंलाई अगाडि सारेको पहिचानको आन्दोलनमा नेतृत्व गरिरहेका नेता गोपाल किराँतीले बताए ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  १ : ०० बजे

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावी सन्ततिलाई

नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपालको राष्ट्रिय पहिचानको

युक्रेनी ड्रोन आक्रमणमा २४ जनाको मृत्यु : रुस

एजेन्सी – रुसको नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी खेरसोन क्षेत्रमा युक्रेनी

महामन्त्रीद्वयले गरे कांग्रेसको नियमित महाधिवेशन स्थगित

काठमाडौं– महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले नेपाली कांग्रेसको नियमित