हर्क साम्पाङले पहिचान पक्षधर उम्मेदवारलाई सघाउने « Khabarhub

हर्क साम्पाङले पहिचान पक्षधर उम्मेदवारलाई सघाउने


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले इलाम– २ को उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूलाई समर्थन गर्ने भएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत स्वतन्त्र उम्मेदवार लिम्बूलाई  जिताउन अपिल गरेका छन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘पार्टी जित्ने जनता हार्ने चलन अब चल्दैन । ईलाम–संस्कृतिवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुलाई जिताऔँ । ’

यसअघि उनले इलामका स्वतन्त्र उम्मेदवार मिलन लिम्बूलाई सघाउने लिम्बू निकट व्यक्तिहरूले बताएका थिए । तर लिम्बूलाई रास्वपाले टिकट दिने हल्ला आएपछि साम्पाङको मुड परिवर्तन भएको हो ।

उनले दुई हप्ता अगाडि इलामका स्वतन्त्र उम्मेदवारलाई आफूले समर्थन गर्ने बताएका थिए । त्यसपछि मिलनले भेटेर आफूलाई सघाउन भनेका थिए । तर साम्पाङले भने पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार संस्कृतिवादी डकेन्द्रलाई जिताउन अपिल गरिरहेका छन् ।

पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बू

डकेन्द्र प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक पनि हुन् । पहिचानको आन्दोलनमा नेतृत्व गरिरहेका नेता तथा जनताको उनलाई साथ छ ।  

प्रदेश १ पुनः नामाङ्कन संघर्ष समिति पहिचानवादीको साझा उम्मेदवारका रूपमा डकेन्द्र सिंलाई अगाडि सारेको पहिचानको आन्दोलनमा नेतृत्व गरिरहेका नेता गोपाल किराँतीले बताए ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  १ : ०० बजे

तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव

काँक्रेविहार– सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि निःशुल्क वितरण

अमेरिकी आक्रमणपछि इरानको जवाफी हमला, सैन्य अड्डा निशानामा

 एजेन्सी – इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) इरानी तटीय क्षेत्रहरूमा

अमेरिका-इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती

एजेन्सी– अमेरिकाले ‘स्ट्रेट अफ हर्मुज’ मा व्यावसायिक कार्गो जहाजमाथि इरानले

कति राम्रो ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ (तस्बिरहरू)

काठमाडौं- सिन्धुपाल्चोकको हेलम्बु पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका

अपराध अनुसन्धानलाई व्यावसायिक र नतिजामुखी बनाउन मुख्यमन्त्री शाहको जोड

घोडाघोडी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित