नेपालमा सुरुङ खनेर विश्व कीर्तिमान बनाएको चीनको दाबी « Khabarhub

नेपालमा सुरुङ खनेर विश्व कीर्तिमान बनाएको चीनको दाबी


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा सुरुङ निर्माण गरिरहेको चिनियाँ कम्पनीले विश्व कीर्तिमान बनाएको चीनले दाबी गरेको छ । 

सुनकोशी–मरिन डाइभर्सन आयोजनाको सुरुङ निर्माणमा विश्व कीर्तिमान बनाएको भन्दै नेपालका लागि चिनियाँ राजदूत चेन सोङले आफ्नो देशको कम्पनीलाई बधाइ दिएका छन् ।

‘चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड (कोभेक) लाई नेपालमा दुई नयाँ विश्व कीर्तिमान बनाएकोमा बधाइ छ’ राजदूत सोङले भनेका छन ।

सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको प्रगति मासिक १ हजार ५०३.३ मिटर नाघेको उनको भनाइ छ । चीनको यही कोभेक कम्पनीले २०२३ मा मासिक १ हजार २२४.१३ मिटरको विश्व कीर्तिमान बनाएको थियो । यो चिनियाँ कम्पनीले सुरुङ खन्ने कार्यमा दैनिक ७२.६८ मिटरको विश्व रेकर्ड बनाएको थियो ।

चिनियाँ कम्पनी कोभेकले ०७९ असोजदेखि सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्न थालेको हो । सुरुङको कुल लम्बाइ १३ किलोमिटर हुनेछ ।

सुनकोशी नदीको पानी बागमतीको सहायक खोला मरिनमा खसालेर बारा, रौतहट, महोत्तरी र सर्लाहीमा सिँचाइ गर्ने सरकारको योजना छ । यामे आयोजनाबाट तराईको १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ पुग्ने अनुमान गरिएको छ । 

यो आयोजनाबाट सिँचाइका साथै सुनकोशीको पानी मरिनमा झारेर करिब ४० मेगावाट बिजुलीसमेत निकाल्ने उद्देश्य छ ।

आयोजनाका अनुसार अहिले १२ किलोमिटर सुरुङ बनिसकेको छ । अब चाँडै ब्रेक थ्रु गर्ने तयारी भइरहेको यो परियोजना राष्ट्रिय गौरवको आयोजनामध्ये एक हो ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  २ : २४ बजे

ज्ञानेन्द्रले फेरि लेखे ‘राजा’, संवाद सचिवालय भन्छ, ‘श्री ५ महाराजधिराज जनकपुर गइबक्सिँदैछ’

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले फेरि आफूलाई पूर्वराजाकै हैसियतमा राखेर सन्देश

नौ अंकले घट्यो शेयर बजार 

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ४३ अंकले

पर्यटकको आकर्षण बन्दै विश्व शान्ति स्तूप (तस्बिरहरू)

काठमाडौं– विश्व शान्ति स्तूप पोखरा उपत्यकाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय

ट्रम्पको विमान एयरफोर्स-१ मा गडबडी, डाभोस जाने क्रममा उडिसकेपछि फिर्ता

जेनेभा- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विमान दावोस जान लाग्दा टेक

बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील

बैतडी– बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन् । आगामी