नेपालमा सुरुङ खनेर विश्व कीर्तिमान बनाएको चीनको दाबी « Khabarhub

नेपालमा सुरुङ खनेर विश्व कीर्तिमान बनाएको चीनको दाबी


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा सुरुङ निर्माण गरिरहेको चिनियाँ कम्पनीले विश्व कीर्तिमान बनाएको चीनले दाबी गरेको छ । 

सुनकोशी–मरिन डाइभर्सन आयोजनाको सुरुङ निर्माणमा विश्व कीर्तिमान बनाएको भन्दै नेपालका लागि चिनियाँ राजदूत चेन सोङले आफ्नो देशको कम्पनीलाई बधाइ दिएका छन् ।

‘चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड (कोभेक) लाई नेपालमा दुई नयाँ विश्व कीर्तिमान बनाएकोमा बधाइ छ’ राजदूत सोङले भनेका छन ।

सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको प्रगति मासिक १ हजार ५०३.३ मिटर नाघेको उनको भनाइ छ । चीनको यही कोभेक कम्पनीले २०२३ मा मासिक १ हजार २२४.१३ मिटरको विश्व कीर्तिमान बनाएको थियो । यो चिनियाँ कम्पनीले सुरुङ खन्ने कार्यमा दैनिक ७२.६८ मिटरको विश्व रेकर्ड बनाएको थियो ।

चिनियाँ कम्पनी कोभेकले ०७९ असोजदेखि सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्न थालेको हो । सुरुङको कुल लम्बाइ १३ किलोमिटर हुनेछ ।

सुनकोशी नदीको पानी बागमतीको सहायक खोला मरिनमा खसालेर बारा, रौतहट, महोत्तरी र सर्लाहीमा सिँचाइ गर्ने सरकारको योजना छ । यामे आयोजनाबाट तराईको १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ पुग्ने अनुमान गरिएको छ । 

यो आयोजनाबाट सिँचाइका साथै सुनकोशीको पानी मरिनमा झारेर करिब ४० मेगावाट बिजुलीसमेत निकाल्ने उद्देश्य छ ।

आयोजनाका अनुसार अहिले १२ किलोमिटर सुरुङ बनिसकेको छ । अब चाँडै ब्रेक थ्रु गर्ने तयारी भइरहेको यो परियोजना राष्ट्रिय गौरवको आयोजनामध्ये एक हो ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  २ : २४ बजे

‘हिट किक बक्सिङ–५९’ मा फ्रान्सेली प्रतिद्वन्द्वीसँग भिड्दै अविरल घिमिरे

काठमाडौँ – ‘हिमालयन चितुवा’का नामले परिचित नेपाली युवा बक्सर अविरल

मलेसियाले नेपाललाई दियो १०४ रनको चुनौती : करण केसीले लिए चार विकेट

काठमाडौँ – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपालले मलेसियालाई १०३

बाढीपीडित पत्रकारको बकपत्र-‘सम्पत्तिका नाममा बोकेको झोलामात्र छ’

म धेरै बेर बस्न सक्ने अवस्थामा छैन। एकछिन कुरा गरेर

विगत बिर्सँदा प्रकोप व्यवस्थापनमा सास्ती

इतिहासकै सबैभन्दा ठूलो सङ्कट हुन सक्छ- हाल नेपालले सामना गरिरहेको

ग्यास आपूर्ति सहज बनाउँदै साल्ट ट्रेडिङ, ६ महिनालाई पुग्ने नुन मौज्दात

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरोले सडक अवरुद्ध भएपछि साल्ट