परीक्षणको कसीमा सुहाङ : विरासतमा रमाउने कि विश्वास कमाउने ? | Khabarhub Khabarhub

परीक्षणको कसीमा सुहाङ : विरासतमा रमाउने कि विश्वास कमाउने ?



एमालेका सालिन एवं बौद्धिक नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ यतिबेला राजनीतिक ईन्जिनीयरिङको परीक्षणमा छन् । बाबुको अप्रत्याशित निधनपछि विरासतबाट प्राप्त अवसरलाई क्षमतामा बद्ल्नुपर्ने दबाब उनीमाथि छ । 

सुहाङलाई इलाम क्षेत्र नम्बर २ को उम्मेदवार बनाउने एमालेको निर्णयपछि अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा लेखेका छन– ‘३२ वर्षीय सुहाङ नेम्वाङ इलाम–२ को को उपनिर्वाचनमा उम्मेदवार बनेका छन् । फूटबल र क्रिकेटमा रुचि भएका, पेशाले लयर सुहाङलाई भेट्दा सरल र नयाँ जोश भएको युवाको रुपमा पाएको छु । आम युवामा जस्तै उनमा पनि केही गर्ने हुटहुटी र ऊर्जा छ ।’

बाबुको मृत्युपछि आफूलाई परिस्थितिले इलाम २ को निर्वाचनमा उम्मेदवार बनाएको सुहाङ बताउँछन् । बुबाको वियोगपछि राजनीतिमा होमिएका उनीमाथि बाबुको बिँडो थाम्ने देखि नयाँपुस्ताको भरोसा बटुल्ने चुनौती छ ।  शोकमा रहेका सुहाङ त्यही चोट शक्तिमा बदल्ने प्रयासमा छन । ०४६ सालमा जन्मिएका उनी अविवाहित छन् ।सांसद बन्ने ध्याउन्नले चुनावी मैदानमा उत्रिएका उनी मनसा, बाचा, कर्मणा चुनावमा अर्जुनदृष्टि दिएर लागेका छन् । 

हजुरबा न्यायाधीश थिए । राजनीतिले परिचय दिलाए पनि बाबुले कानुन नै पढे, पढाए । सुहाङलाई पनि अन्तत : बाबुको त्यही कालाेकोटले नै तान्यो । ०४६ सालको राजनीतिक परिवर्तनपछि सुवास सधैँ केन्द्रीय राजनीतिमा छाए । मन्त्री हुँदै सर्वाधिक सभामुख बन्ने कीर्तिमान बनाए । यसको अर्थ बाल्यकालदेखि नै सुहाङले राजनीतिलाई नजिकबाट बुझ्ने अवसर पाए । बुबाको राजनीतिक उचाईले आफ्नो भावना व्यक्त गर्न नसके पनि कता कता राजनीतिको चस्का सानैदेखि थियो । सुवासले पनि अनौपचारिक कुराकानीमा कान्छो सन्तानको रुचिबारे कुराकानी गर्ने गरेका थिए । 

सुहाङलाई टिकट दिँदा एमालेमा असन्तुष्टि

१२ पास गरेपछि पढ्ने सिलसिलामा सुहाङ अस्ट्रेलिया पुगे । त्यहाँ घरघर पिजा बोकेर कमाएको पैसाले पढे । कति साथीहरूले बाबुको नामको उपमा भिराएर निरुत्साही बनाउन खोज्दा प्रतिवाद गर्थे । दुई वर्ष कमाउँदै पढ्दै गरे । अस्ट्रेलियामा घरेलु काम गरेर बनाएको व्यक्तित्वको औचित्य त के ? उनले अन्तरसंवाद गरे । अहँ, सन्तोषजनक उत्तर फेला परेन । बरु कानुन पढेर देशको सेवा गर्ने एजेण्डाले उनलाई उत्प्रेरित गर्‍यो । अनि त कति पनि विलम्ब नगरी घर फर्किए । अस्ट्रेलिया छोडेर फर्किएकोमा आफन्त, साथीभाईले आलोचना गरे । मुखले केही नभने पनि बुबा भने खुसी रहेको सुहाङको बुझाइ छ । 

कालोकोटबाट राजनीतिमा फड्को
काठमाडौं स्कुल अफ ल बाट पाँच वर्षको बीएलएलबी गरेका उनले वाणिज्य कानूनमा एलएलएम समेत गरेका छन् । क्रिमिनल ल र संवैधानिक ल मा चासो राख्ने नेम्बाङका तीनपुस्ता संविधानको धारा उपधारा केलाउने लयमा स्थापित छ । 

सुबासका चार सन्तानमध्ये  उनका १ दिदी र १ बहिनी छन् । दिदी डक्टर हुन् । बहिनी व्यवस्थापन संकाय पढिरहेकी छन् । उनका दाजु बेलायतमा बस्छन् ।  सुहाङले अहिले काठमाडौंको थापागउँमा आफ्नै  ‘कान्तिपुर ल एसोसिएट्स एन्ड रिसर्च सेन्टर’समेत खेलेका छन् । उनी र उनका साथी रामचन्द्र गौतम मिलेर उत्त फम सञ्चालन गरिरहेका छन् । 

फुटबल खेलमा पनि राम्रो खेलाडी रहेका  उनी कलेजको फुटबल टिमको कोच समेत भएका थिए । उनले २ वर्ष पहिले इलाममा ‘रिपोर्टिङ इलाम एफसी’ स्थापना समेत गरेका थिए । बाबुजस्तै मेस्सीका फ्यान रहेका  उनी अहिले पनि समय मिल्नसाथ फुटबल र फुटसल खेल्छन् । हाल उनी नेकपा एमाले को कानुन विभागको मनोनीत सदस्य समेत हुन् । उनलाई फागुन ३ गते बसेको एमालेको २७ औँ सचिवालय बैठकले कानुन विभागको सदस्यमा नियुक्त गरेको हो । उनी पार्टी जिल्ला र केन्द्रको जिम्मेवारीमा भने छैनन् ।

आफ्नै नामले चिनिने भोक
रिस कन्ट्रोल गर्ने स्वभाव उनमा रहेको नजिकका आफन्त बताउँछन् । शान्त स्वभाव, सालिन र साधारण जीवनशैली अपनाउने सुहाङले समाजमा अधिवक्ताका रूपमा आफ्नो छुट्टै परिचय दिने योजनामा थिए । तर बाबुको असामयिक निधनका कारण राजनीतिमा उनले आफूलाई समर्पण गर्ने निधो गरे । 

इलामको उपचुनाव : सुवास नेम्वाङका छोरालाई उठाउने एमालेको संकेत

उनी नेताको छोरो भएर पनि हालसम्म कुनै काण्ड र विवादमा मुछिएका  छैनन् । विभिन्न नेताका छोराछोरीहरू विभिन्न मुद्दा र काण्डमा मुछिएका बेला उनी राजनीतिक दाउपेचबाट टाढा छन् ।  साथीभाइसँग मिल्ने स्वभाव रहेको नातेदारको भनाइ छ । 

नजिकका साथी रामचन्द्र गौतमले भने ‘सुहाङ बुबाको नामले भन्दा पनि आफ्नो छुट्टै नामले चिनिन चाहन्थे । त्यसकारण बुबाको  पायोनियर ल फम नगएर आफ्नो छुट्टै ल फम खोलेका हुन् । अहं नभएका उनी स्वच्छ छविका युवा हुन् ।  सानालाई आदर र ठूलालाई सम्मान गर्ने संस्कारलाई जीवनबुटी बनाएका छन् ।’ 

सुहाङपनि बाबुमा भएको इमानदार र स्वच्छ छविलाई कायम राख्दै आफ्नो राजनीतिक यात्रा अगाडि बढाउने योजना सुनाउँछन् । व्यावसायिक रूपमा अब्बल भइयो भने पैसाको खडेरी पूर्ति गर्न सकिन्छ, सामाजिक काममा पनि लाग्न सकिन्छ भन्ने कुरालाई सम्झिएर व्यावसायिक रूपमा अघि बढेको बताउँछन् ।

इलाम-२ उपनिर्वाचन : देउवाले रोजे खड्का, सुहाङलाई ओलीको आशीर्वाद

उनी आफूलाई इलाम २ का जनतासँग परीक्षण गरेर जनताको सेवकको रूपमा काम गर्ने योजनामा छन् । राजनीतिमा आफ्नो यात्रा टाढासम्म रहेको भन्दै सबैको भावना कदर गर्दै देशलाई सुसान र समृद्ध बनाउने सपना रहेको बताउँछन् । 

उनी भन्छन्, ‘मेरा इलाम २ का जनता र मेरा शुभचिन्तकको मर्म अनुसार काम गर्छु । राजनीति मेरो प्यासन र लामो यात्राको साथी हो ।’

राजनीतिक, कानुनी र खेलाडीका रूपमा उनका धेरै फ्यान फलोअर्स छन् । बाबुको विरासत थाम्न राजनीतिमा नआएको भन्दै समाजमा रहेको राजनीतिप्रतिको युवाको मानसिकता र वैदेशिक रोजगारमा युवाको आकर्षण घटाउन आफूले विभिन्न योजना ल्याउने बताउँछन् ।

इलाम २ उपनिर्वाचन : देउवाको रोजाइमा डम्बरबहादुर खड्का नै

स्थानीय तहको उपचुनाव गर्न गठबन्धन सरकार डरायो

टिकट पाएपछि सुहाङले भने : ‘जित सुनिश्चित छ ’

इलाम उपनिर्वाचन : कांग्रेसले पठायो ७ जनाको नाम

 

 

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  २ : ५४ बजे

नेपालले दोस्रो विकेट गुमायो, कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले दोस्रो विकेट गुमाएको छ । ओपनर कुशल भुर्तेल

बझाङमा ४० प्रतिशत मतदान  

बझाङ– बझाङमा ४० प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन

मणिपुरमा चरमपन्थीको आक्रमणबाट दुई प्रहरीको मृत्यु

काठमाडौं– भारको मणिपुरको विष्णुपुर जिल्लामा संदिग्ध कुकी चरमपन्थीहरूले गरेको आक्रमणमा केन्द्रीय

पाकिस्तानले आर्थिक सुधार गर्दैछ : प्रधानमन्त्री सरिफ

इस्लामाबाद– पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले आफ्नो सरकारले वित्तीय क्षेत्रमा जारी

पृथ्वीका नदीमा कति बग्छ पानी ? यसो भन्छ नासा

एजेन्सी ( नासाका अन्वेषकहरूको नेतृत्वमा गरिएको अध्ययनले पृथ्वीका नदीहरूबाट कति