सेयर बजारमा १०.८३ अंकको गिरावट | Khabarhub Khabarhub

सेयर बजारमा १०.८३ अंकको गिरावट


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ८३ अंकले घटेर दुई हजार ३० दशमलव ८६ को विन्दुमा कायम भएको हो ।

आज तीन सय १० कम्पनीको ६० लाख ४७ हजार २१ कित्ता शेयर ४४ हजार दुई सय ४९ पटक खरिदबिक्री हुँदा दुई अर्ब २३ करोड ५४ लाख ८५ हजार पाँच सय ३४ बराबरको कारोबार भएको छ ।

उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ९१ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह एक दशमलव ७२ र व्यापार समूह एक दशमलव ६० प्रतिशतले घटेको छ ।

आजको कारोबारमा सर्वोत्तम सिमेन्टको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य पाँच दशमलव ६६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू नौ करोड ७२ लाख २२ हजार तीन सय २० बराबरको कारोबार भएको छ । 

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको दुई लाख ३० हजार एक सय ८२ बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ३ : ५२ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ