रात्रिकालीन व्यवसायमा सुरक्षा चुनौती आए बन्द गरिन्छ : गृहमन्त्री लामिछाने | Khabarhub Khabarhub

रात्रिकालीन व्यवसायमा सुरक्षा चुनौती आए बन्द गरिन्छ : गृहमन्त्री लामिछाने


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


963
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ठमेललगायत पर्यटकीय क्षेत्रमा रात्रिकालीन व्यवसाय सञ्चालनका क्रममा सुरक्षामा चुनौती आए फेरि बन्द गर्न सकिने बताएका छन् । 

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उपप्रधानमन्त्री लामिछानेले मुलुकको अर्थतन्त्र थप चलायमान गर्ने लक्ष्यका साथ ठमेल, दरबारमार्गलगायत स्थानमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने सरकारको तयारी रहेको बताए । 

रात्रिकालीन व्यवसायमार्फत पर्यटकले थप सेवासुविधा पाउने, रोजगार बढ्ने, सहर चलायमान बन्ने अपेक्षाका साथ रात्रिकालीन व्यवसायमा जोड दिइएको उनले उल्लेख गरे।

‘हामीले आगामी वैशाखदेखि नै रात्रिकालीन व्यवसाय सञ्चालन गरेर पर्यटकीय सहरहरुलाई थप चलायमान बनाउने लक्ष्यका साथ सरोकारवाला निकायबीच छलफल र परामर्श गरिरहेका छौँ,’ उपप्रधानमन्त्री लामिछानेले भने, ‘रातिको समयमा बजार खुलाउँदा सुरक्षा नहोला कि भन्ने जिज्ञासा पनि आएको छ, यदि यसरी रात्रिकालीन व्यवसाय सञ्चालन गर्दा कुनै सुरक्षा चुनौती आएको खण्डमा फेरि बन्द गर्न सकिन्छ ।’

बैठकमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्दा सामाजिक विकृति आउन सक्ने सम्भावना रहेको समितिका सदस्यहरूले जिज्ञासा राखेका थिए । समितिका सदस्य कृष्णगोपाल श्रेष्ठले रात्रिकालीन व्यवसाय सञ्चालन गर्दा ध्वनि प्रदूषण हुने, सुरक्षामा चुनौती थपिने, विकृति बढ्न सक्ने भन्दै उक्त विषयमा सचेत रहन आग्रह गरेका थिए । रात्रिकालीन व्यवसाय सञ्चालनबाट हुने फाइदा मात्रै नभएर यसका बेफाइदाबारे गम्भीर भएर सोच्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ४ : ४२ बजे

आजका समाचार : संसद्‍को अवरोध कायमैदेखि उपेन्द्रले छाडेकै दिन सरकारमा अशोकको इन्ट्रीसम्म

कांग्रेस पछि नहटेपछि निकासको खोजीमा प्रधानमन्त्री, एमाले अध्यक्ष र गृहमन्त्री

हसिना खान : दुईजनाको निधनपछि अवसर पाइन्, सांसद बनेको २३ दिनमै मन्त्री भइन्

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले समानुपातिक

अर्थमन्त्री पुनद्वारा साझेदारहरूसँग छलफल

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट

स्काउट पदाधिकारीलाई दलको सदस्यता त्याग्न खेलकुद मन्त्रालयको चेतावनी

काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले नेपाल स्काउटको सदस्यलाई राजनैतिक दलको

शीतल निवासमा अशोक राई मुस्कुराए, प्रेमले प्रदीपलाई फूलको बुके थमाए (तस्बिरहरू)

काठमाडौं- गत आइतबार मात्रै जनता समाजवादी पार्टी नेपालबाट विभाजित भएर