एमाले कास्कीमा खगराज समुहको वर्चस्व, अध्यक्षमा क्षेत्री निर्वाचित | Khabarhub Khabarhub

एमाले कास्कीमा खगराज समुहको वर्चस्व, अध्यक्षमा क्षेत्री निर्वाचित


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेकपा एमालेको कास्की जिल्ला अध्यक्षमा बैनबहादुर क्षेत्री विजयी भएका छन् । निवर्तमान सचिवसमेत रहेका क्षेत्री एमाले नेता खगराज अधिकारी समुहका हुन् । 

क्षेत्रीले ५५१ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्दी माधव बास्तोलाले ३४९ मत ल्याए । बास्तोला एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट उम्मेदवार थिए ।

जिल्लाको पदाधिकारीमा पनि एमाले नेता अधिकारी समुहले जित हासिल गरेको छ । कास्कीमा अधिकारी र गुरुङ समुहले प्यानलनै बनाएर चुनाव लडेको थियो ।  

एमाले कास्कीको नेतृत्व चयन गर्न ९३५ मतदातामध्ये ९१४ ले मतदान गरेका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ६ : ३७ बजे

जनमत पार्टीको सचिवालय बैठक सम्पन्न, सरकार चलायमान बनाउन चार बुँदे निर्णय

जनकपुरधाम– मधेस सरकारको नेतृत्व पाएको लगभग ५० दिनसम्ममा भएको प्रगतिको

जसपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको

ताइवानमा आँधीका कारण आठ जनाको मृत्यु

ताइपेइ– ताइवानमा ‘टाइफुन गेमी’ आँधीले कम्तिमा आठ जनाको मृत्यु भएको छ

विद्युत् बक्यौता नतिर्ने ग्राहकको लाइन काटियो

झापा– नेपाल विद्युत् प्राधिकरणको अनारमनी वितरण केन्द्रले गत आर्थिक वर्ष

सरकारलाई असफल हुने छुट छैन : सञ्चारमन्त्री गुरुङ

पोखरा– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारलाई असफल