बझाङमा १५ प्रतिशत मतदान « Khabarhub

बझाङमा १५ प्रतिशत मतदान


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बझाङ प्रदेशसभा–१ मा भइरहेको उपनिर्वाचन अन्तर्गत अहिलेसम्म १५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय बझाङका अनुसार मध्याह्न १२ बजेसम्म १५ प्रतिशत मत खसेको हो ।

जिल्ला निर्वाचन कार्यालय बझाङका सूचना अधिकारी गोरक केसीका अनुसार भौगोलिक विकटताका कारण मतदानमा केही ढिलाइ भएको छ ।

उनले भने ‘शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । भौगोलिक विकटता भए पनि मतदाता उत्साहित छन् ।’

बझाङ प्रदेश सभा १ मा ६१ हजार ७ सय ८४ मतदाता छन् । जसमा ३१ हजार ५ सय ४९ पुरुष र ३१ हजार १ सय ९९ महिला मतदाता छन् ।

बझाङ (१) मा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  १२ : १० बजे

अनेरास्ववियुद्वारा भृकुटीमण्डपमा टायर बालेर प्रदर्शन

काठमाडौं– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भृकुटीमण्डपमा टायर बालेर

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, माइतीघर क्षेत्र तनावग्रस्त (तस्बिरहरू) 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टी

सानेपामा कांग्रेसको ‘संसदीय सचेतना कार्यक्रम’

पाटन– नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरूलाई ‘संसदीय सचेतना

हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिंकर उत्पादन सुरु

बागमती– लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिंकर उत्पादन

इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून

एजेन्सी– अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका अनुसार इरानका खोनदाब र खुजेस्तानस्थित