इलाममा फर्जी मत खसाउने प्रयास, निर्वाचन कार्यालयका कर्मचारीलाई समेत ‘अफर’ « Khabarhub

इलाममा फर्जी मत खसाउने प्रयास, निर्वाचन कार्यालयका कर्मचारीलाई समेत ‘अफर’

मतदातालाई दुई घण्टासम्म नक्कली मतपत्रमा छाप हान्न लगाइयो


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


747
Shares
  • change font
  • change font
  • change font

इलाम – इलामको प्रतिनिधि सभा क्षेत्र नं. २ मा भइरहेको उपनिर्वाचनमा फर्जी मत खसाउने प्रयास भएको छ । ससर्वेक्षणका लागि भन्दै उस्तै मतपत्र प्रयोग गरी चुनाव चिह्नमा छाप लगाइसकेका मतपत्र नै बरामद भएको हो ।

सर्वेक्षणका लागि भन्दै उस्तै मतपत्र प्रयोग गरी मतदान गरेपछि जिल्ला निर्वाचन कार्यालय, प्रहरी र जिल्ला प्रशासन कार्यालयले हटाएको जानकारी प्राप्त भएको छ ।

नक्कली मतदान गराइएका मतपत्रहरू सक्कली मतपत्रजस्तै रहेका तथा ती मतपत्रमा रुख, सूर्य र मुढा लगायत चुनाव चिह्न प्रयोग गरी सर्वेक्षण भएको पाइएको हो ।

‘आचारसंहिता र कानूनले नदिने भएपछि त्यस्तो काम रोकिएको छ,’ जिल्ला निर्वाचन कार्यकाल सूचना अधिकारी कृष्णबहादुर लिम्बूले खबरहबलाई भने, ‘मलाई पनि पो मतदान गर्नु न भन्दै हुनुहुन्थ्यो ।’ लिम्बूका अनुसार प्रहरीले केही सामग्रीहरू बरामद समेत गरेको छ ।

महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामको मतदान केन्द्रभित्र नै मतदातालाई नक्कली मतपत्रमा छाप हाल्न लगाउने कार्य  गरेको थाहा पाएपछि जिल्ला प्रशासन कार्यालय, प्रहरी र निर्वाचन आचारसंहिताको टोली तत्काल सो स्थान पुगेको थियो ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार एक समूहले २ घण्टासम्म यो काम सञ्चालन गरेको थियो । उनले खबरहबलाई भने, ‘कानून अनुसार कारबाही प्रकृया अघि बढाइएको छ ।’

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  १२ : ४२ बजे

बालुवाटारमा लघुवित्तपीडित, प्रहरीले रोकेपछि सडकमै बसे (तस्बिरहरू)

काठमाडौं– आन्दोलनरत लघुवित्तपीडित बालुवाटारनजिक पुगेर प्रदर्शन गरेका छन् । उनीहरू माइतीघरबाट

धार्मिक सहिष्णुतामा आच आउन नदिन सर्वपक्षीय बैठक

जनकपुरधाम- धनुषा जिल्लामा सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा आच आउन

सुनसरीमा पूर्व-पश्चिम राजमार्ग आसपास र इनरूवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू

काठमाडौं- कप्तानगञ्ज घटनाका कारण उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै जिल्ला

बागमतीमा घटेन गाडीभाडा

काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य घटेको झण्डै एक महिना बित्दै लाग्दा

केरामा आत्मनिर्भर बन्दै नेपाल

काठमाडौं- सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल केरामा