इलाममा फर्जी मत खसाउने प्रयास, निर्वाचन कार्यालयका कर्मचारीलाई समेत ‘अफर’ « Khabarhub

इलाममा फर्जी मत खसाउने प्रयास, निर्वाचन कार्यालयका कर्मचारीलाई समेत ‘अफर’

मतदातालाई दुई घण्टासम्म नक्कली मतपत्रमा छाप हान्न लगाइयो


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


747
Shares
  • change font
  • change font
  • change font

इलाम – इलामको प्रतिनिधि सभा क्षेत्र नं. २ मा भइरहेको उपनिर्वाचनमा फर्जी मत खसाउने प्रयास भएको छ । ससर्वेक्षणका लागि भन्दै उस्तै मतपत्र प्रयोग गरी चुनाव चिह्नमा छाप लगाइसकेका मतपत्र नै बरामद भएको हो ।

सर्वेक्षणका लागि भन्दै उस्तै मतपत्र प्रयोग गरी मतदान गरेपछि जिल्ला निर्वाचन कार्यालय, प्रहरी र जिल्ला प्रशासन कार्यालयले हटाएको जानकारी प्राप्त भएको छ ।

नक्कली मतदान गराइएका मतपत्रहरू सक्कली मतपत्रजस्तै रहेका तथा ती मतपत्रमा रुख, सूर्य र मुढा लगायत चुनाव चिह्न प्रयोग गरी सर्वेक्षण भएको पाइएको हो ।

‘आचारसंहिता र कानूनले नदिने भएपछि त्यस्तो काम रोकिएको छ,’ जिल्ला निर्वाचन कार्यकाल सूचना अधिकारी कृष्णबहादुर लिम्बूले खबरहबलाई भने, ‘मलाई पनि पो मतदान गर्नु न भन्दै हुनुहुन्थ्यो ।’ लिम्बूका अनुसार प्रहरीले केही सामग्रीहरू बरामद समेत गरेको छ ।

महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामको मतदान केन्द्रभित्र नै मतदातालाई नक्कली मतपत्रमा छाप हाल्न लगाउने कार्य  गरेको थाहा पाएपछि जिल्ला प्रशासन कार्यालय, प्रहरी र निर्वाचन आचारसंहिताको टोली तत्काल सो स्थान पुगेको थियो ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार एक समूहले २ घण्टासम्म यो काम सञ्चालन गरेको थियो । उनले खबरहबलाई भने, ‘कानून अनुसार कारबाही प्रकृया अघि बढाइएको छ ।’

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  १२ : ४२ बजे

रवि शुक्रबार मात्रै छुट्ने, रुपन्देही अदालतबाट पूर्जी लिनुपर्ने

काठमाडौं- सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

निर्वाचन नै अन्तिम विकल्प : अर्थमन्त्री खनाल

तिलोत्तमा– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निर्वाचन अन्तिम विकल्प रहेको बताएका छन् 

अध्यक्ष बनेलगत्तै ओलीको आक्रमक सम्बोधन : यो सरकारसँग भिड्न तयार छौँ, परिआए ढालिदिन्छौँ

काठमाडौं- नेकपा (एमाले) का अध्यक्षमा तेस्रो कार्यकालका लागि निर्वाचित केपी

एमालेको ११ औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित, भदौ २३–२४ का घटनाको निष्पक्ष छानबिन गर्न माग

काठमाडौं- नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनले राष्ट्रिय स्वाधीनता,