परिषद्को संरचनागत सुधार गर्न मन्त्री चौधरीको निर्देशन « Khabarhub

परिषद्को संरचनागत सुधार गर्न मन्त्री चौधरीको निर्देशन


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले राष्ट्रिय बाल अधिकार परिषद्को संरचनागत सुधार गर्न निर्देशन दिएकी छन् ।

मन्त्री नियुक्त भएर आएपछि पहिलो बैठकको अध्यक्षता गर्दै परिषद्का अध्यक्षसमेत रहेकी मन्त्री चौधरीले परिषद््को संरचनागत सुधार गर्न निर्देशन दिएकी हुन्।

बाल अधिकारको क्षेत्रमा काम गर्ने सरकारको विशिष्टीकृत निकाय राष्ट्रिय बाल अधिकार परिषद् भएका कारण यसको शासकीय सुधार, समाजमा प्रभाव पार्ने नीति, योजना र कार्यक्रममा बाल अधिकार केन्द्रित हुन परिषद्लाई मन्त्रीले निर्देशन दिइन्  ।

बैठकले बालगृह, बाल सुधार गृहका विषयमा देखिएका समस्याका बारेमा छानबिन गर्ने, संस्थालाई सबलीकरण बनाउने विषयमा निर्णय गरेको छ ।

बैठकले परिषद्को पदाधिकारीको जिम्मेवारीमा केही हेरफेर गरेको छ । समन्वयलगायतको जिम्मेवारी परिषद्का उपाध्यक्ष र प्रशासनिक तथा आर्थिक कामको जिम्मेवारी सदस्यसचिवले गर्ने निर्णय गरेको हो ।

नियमावलीमा दिइएको अधिकार बाहिर गएर काम गर्दा सदस्यसचिवबारे केही प्रश्न उठेको उनले बताइन्। राज्यका हरेक निकायमा बसेका व्यक्तिहरूले ऐन, कानुनलाई अक्षरशः पालना गर्नुपर्ने उनको भनाइ थियो ।

मन्त्री चौधरीले सडक बालबालिका मुक्त बनाउने, बाल अधिकारका क्षेत्रमा सरकारको बलियो उपस्थिति देखाउन योजनाबद्ध रूपमा काम गर्न निर्देशन दिइन्।

मन्त्री चौधरीले बालबालिकासम्बन्धी ऐन, कानुन, सेवा सुविधा, अदालतका फैसलालगायतका विषय समेटिएको बडापत्र निर्माण गर्न निर्देशन दिइन् ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ३ : ०६ बजे

सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’

काठमाडौं– आपत्कालीन अवस्थामा रगतको अभावका कारण बिरामीले भोग्नुपर्ने समस्या कम

सभापति थापाद्वारा नेता श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका वरिष्ठ नेता गोपालमान

सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न रास्वपाको अपिल, दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीको कप्तानगञ्ज लगायतका

सुनसरीका सीडीओ भन्छन् : हुल बनाएर स्थानीय बाहिर निस्किए, मानवीय क्षति रोक्न बल प्रयोग गरेका छैनौँ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि

प्रवेशाज्ञा दस्तुरबापत दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर– प्रवेशाज्ञा (भिसा) दस्तुरबापत गत आर्थिक वर्ष २०८२/८३ मा दुई