वेस्ट इन्डिज ‘ए’ माथि नेपालको शानदार जित « Khabarhub

वेस्ट इन्डिज ‘ए’ माथि नेपालको शानदार जित


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


23.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपालले वेस्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको छ । नेपालले वेस्ट इन्डिज ए लाई ४ विकेटले पराजित गरेको हो ।

वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

नेपालले ६ विकेटको क्षतिमा २०६ रनको योगफल बनाएको थियो । कीर्तिपुरस्थित टीयू मैदानमा विशाल लक्ष्य पछ्याएको नेपालले दोस्रो ओभरको अन्तिम बलमा नै पहिलो विकेट गुमाएको थियो ।

ओपनर अनील शाह ९ बल खर्चेर ५ रन मात्रै जोडे । अर्का ओपनर कुशल भुर्तेल पनि वेस्टइन्डिजका बलरसामु टिक्न सकेनन् । १२ बलमा १६ जोडेर उनी मैदानबाट बिदा भए ।

सस्तैमा दुई ओपनर मैदानबाट बाहिरिए पनि कप्तान रोहित पौडेललेको प्रदर्शन सम्झन लायक बन्यो । उनले शतक प्रहार गरे । ५४ बलमा ११२ रन प्रहार गर्दा उनले ६ छक्का र १० चौका प्रहार गरे । उनको उत्कृष्ट प्रदर्शनले नेपाललाई जिततर्फ डोर्‍याएको हो ।

दीपेन्द्र सिंह ऐरीले २४ र कुशल मल्लले १६ रन जोडे । अन्य खेलाडीले दोहोरो रन नजोड्दा पनि नेपाललाई वेस्टइन्डिज जितबाट रोक्न सकेनन् ।

वेस्टइन्डिजका लागि म्याथ्यु फोर्ड र ओबेद म्याक-कोयले समान २-२ विकेट लिए भने किमो पलको नाममा एक विकेट रह्यो ।

त्यसअघि नेपाललाई चुनौती दिने क्रममा वेस्टइन्डिजका कप्तानको रोस्टन चेस अर्धशतक प्रहार गरेका थिए । यस खेलमा वेस्टइन्डिजका लागि सर्वाधिक रन प्रहार गर्ने ब्याटर उनी नै हुन् । उनले ९ चौका र दुई छक्काको सहयोगमा ४६ बलमा ७४ रन प्रहार गरे ।

ओपनर एलिक एथेनाजे प्रदर्शन सुखद रह्यो । उनले ५ चौका र तीन छक्काको सहयोगमा २५ बलमा ४७ प्रहार गरे । अर्का ओपनर जोनसन चार्ल्स दुई बल खर्च गरेर रनको खाता नखोली पभेलियन फर्किएका थिए । अर्का ब्याटर आन्द्रे फ्लेचर पनि खासै चल्न सकेनन् । उनी मात्र १३ रन जोडेर क्रिजबाट बाहिरिए । अर्को ब्याटर केसी कार्टीले २६ बलमा ३८ रन जोडे । उनले १५ बलमा दुई चौका प्रहार गरे ।

नेपालका लागि कमलसिंह ऐरी, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र अभिनाश बोहोराले समान १-१ विकेट लिए ।ञ

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ४ : ०२ बजे

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको

प्रदेशको पूर्ण स्वायत्तता अपरिहार्य : सिके राउत

सप्तरी – जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले देशको

निर्वाचन क्षेत्रमा खटिन पार्टीका नेता कार्यकर्तालाई सभापति थापाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा

बंगलादेश टी–२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डलाई अवसर

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेशलाई टी–२० विश्वकप