युक्रेनलाई शक्तिशाली प्याट्रियट इन्टरसेप्टर दिने अमेरिकाको घोषणा | Khabarhub Khabarhub

युक्रेनलाई शक्तिशाली प्याट्रियट इन्टरसेप्टर दिने अमेरिकाको घोषणा


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाले युक्रेनलाई सबैभन्दा ठूलो सैन्य सहयोग दिने घोषणा गरेको छ ।

यस अन्तर्गत अमेरिकाले युक्रेनलाई ६ अर्ब डलरको सैन्य सहायता उपलब्ध गराउने छ, जसमार्फत युक्रेनले हतियार खरिद गर्नेछ, जसमा प्याट्रियट इन्टरसेप्टरनासाम्स एयर डिफेन्स सिस्टम समावेश छ । 

उनीहरुको सहयोगले युक्रेनलाई रुसी हवाई आक्रमणबाट बच्न निकै सहयोग पुग्ने छ । युक्रेनले लामो समयदेखि प्याट्रियट मिसाइल प्रणाली उपलब्ध गराउन माग गर्दै आएको थियो ।

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शनिबार युक्रेनलाई सैन्य सहयोग गर्ने घोषणा गरेका छन् । यो सहयोग युक्रेन सेक्युरिटी असिस्टेन्स इनिसिएटिभ (युएसएआई) अन्तर्गत दिइएको हो, जसको सहयोगमा युक्रेनले अमेरिकी कम्पनीहरुबाट नयाँ हतियार प्राप्त गर्नेछ । 

पेन्टागनमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अस्टिनले यो अहिलेसम्मकै ठूलो सैन्य सहायता भएको र युक्रेनलाई छिट्टै हतियार आपूर्ति गरिने बताए । यस सैन्य सहायता अन्तर्गत युक्रेनले अमेरिकाबाट एन्टी-ड्रोन प्रणाली, आधुनिक हतियार र हावाबाट जमिनमा मार हान्ने हतियार पाउनेछ।

अमेरिकाले युक्रेनलाई ६० अर्ब डलरको सहायता प्याकेज घोषणा गरेको थियो । यो ६ अर्ब डलरको सैन्य सहायता पनि त्यही प्याकेजको हिस्सा हो । यो सहयोगले युक्रेनलाई रुस विरुद्धको लडाइमा धेरै मद्दत गर्नेछ । खासगरी युक्रेनले अमेरिकाबाट हवाई प्रतिरक्षा प्रणाली अन्तर्गत प्याट्रियट मिसाइल र नासाम्स एयर डिफेन्स सिस्टम पनि पाउनेछ ।

 युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकाको सैन्य सहयोगमा खुसी व्यक्त गरे तर यो पनि भने कि उनीहरूलाई अझै पनि रूसी हवाई आक्रमणको सामना गर्न थप वायु रक्षा प्रणाली आवश्यक छ ।

अस्टिनले विगत दुई वर्षमा युक्रेनलाई ७० मध्यमदेखि लामो दूरीको हवाई प्रतिरक्षा प्रणाली, हजारौं क्षेप्यास्त्र, तीन हजार बख्तरबन्द गाडीका साथै ८०० ट्याङ्क र १० हजार ट्यांक विरोधी मिसाइलहरू दिएको अस्टिनले बताए । साथै, युक्रेनले चाँडै एफ-१६ लडाकु विमानहरू प्राप्त गर्नेछ । 

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ५ : ३९ बजे

निजी लगानीकर्तालाई नेपाल भित्र्याउन नर्वे प्रयासरत छ : राजदूत ड्रामडल 

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि नर्वेका राजदूत तोरुन

दुर्गा प्रसाईका कार्यकर्ताद्वारा दुईवटा बैंकका शाखामा तोडफोड

झापा- दुर्गा प्रसाईंका कार्यकर्ताहरूले झापाको बिर्तामोडमा बिहीबार दुईवटा बैंकका शाखा

झापामा ६५ वर्षमाथिका पत्रकारलाई औषधि उपचार खर्च

सुरुङ्गा– झापामा ६५ वर्ष उमेर पार गरेका अग्रज पत्रकारलाई सम्मानसहित

परिणाम देखिने गरी काम गर्नुहोस् : मन्त्री चौधरी

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले परिणाम देखिने

विद्यालय शिक्षा र उच्च शिक्षाबीचको खाडल अन्त्य गरिने

काठमाडाैं– शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षा र