बझाङमा आजै मतगणना नगरिने | Khabarhub Khabarhub

बझाङमा आजै मतगणना नगरिने

तीनवटा केन्द्रको मतपेटिका हेलिकोप्टरबाट ल्याउने प्रयास


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बझाङ प्रदेश सभा क्षेत्र नं. १ को मतगणना आज नगरिने भएको छ । मतपेटिका केन्द्रीकृत गर्न समय लाग्ने देखिएकाले मतगणनामा ढिलाइ हुने भएको हो ।

दुर्गम स्थानमा रहेका कम्तिमा तीनवटा मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरबाट ल्याउनुपर्ने, तर मौसम खराब रहेकाले तत्काल ल्याउन नसकिने अवस्था रहेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताएका हुन्‌ ।

लामिछानेका अनुसार आज भएको उपनिर्वाचनमा करिब ५० प्रतिशत मत खसेको छ । साइपाल गाउँपालिका लगायत विकट स्थानमा फोन सम्पर्क हुन नसकेकाले एकीन तथ्याङ्क संकलन नभइसकेको उनले जानकारी दिए ।

‘भौगोलिक विकटताका कारण आज नै जिल्लामा मतपेटिकाहरू संकलन गर्न नसकिएला जस्तो छ, आजै मत गणना हुँदैन,’ लामिछानेले भने, ‘साइपाल गाउँपालिकामा रहेका पाँच मतदान केन्द्रमध्ये तीन केन्द्रको मतपेटिका हेलिकोप्टरबाट सदरमुकाम ल्याउनुपर्ने हुन्छ, त्यसकारण शनिबार नै सबै मतपेटिका जम्मा गरेर मत गणना गरिहाल्न सम्भव छैन ।’

लामिछानेका अनुसार साइपाल गाउँपालिकाको धूली, काँडा र एराङकुरीडाँडाको मतपेटिका हेलिकोप्टरबाट ल्याउनुपर्छ । मौसमले साथ दिए धूली र काडाँको मतपेटिका आजै सदरमुकाम चैनपुर ल्याउने प्रयास भइरहेको छ । तर मौसम बदली भइरहेकाले एराङकुरीडाँडाको मतपेटिका ल्याउन नसकिने स्थिति रहेको उनको भनाइ छ ।

उनका अनुसार नेपाली सेनाको हेलिकोप्टर बझाङको सदरमुकाम पुगे पनि मौसम खराब भएकाले तीनवटा मतदान केन्द्रको मत सदरमुकाम ल्याउन समस्या छ । 

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ६ : १३ बजे

सप्तरी घोंगी टिप्ने क्रममा डुबेर वृद्धाको मृत्यु

सप्तरी – घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत

मुस्ताङ – राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित

हाइकिङको ६१ औँ शृङ्खलामा समेटियो ‘नौमती बाजा पार्क’ क्षेत्र

गण्डकी – हाइकर्स क्लब नेपालले आफ्नो ६१औँ शृङ्खलामा कास्कीको पर्यटकीयस्थल

नवलपरासीमा सात सय ४६ हेक्टर वनक्षेत्र अतिक्रमण

नवलपरासी – बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ७४६ हेक्टर क्षेत्रफल वन

सौर्यको जहाज दुर्घटनाबारे न्यायिक छानबिनको माग

काठमाडौं – सौर्य जहाज दुर्घटनाको न्यायिक जाँचको माग गर्दै पीडित