महिलालाई ढाकाको कपडा बुन्ने तालिम « Khabarhub

महिलालाई ढाकाको कपडा बुन्ने तालिम


१४ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको बन्दीपुरका महिलालाई व्यावसायिक बनाउन ढाकाको कपडा बुनाइसम्बन्धी तालिम प्रदान गरिएको छ ।

गाउँपालिकाद्वारा गरिबी निवारणका लागि उद्यम विकास कार्यक्रममार्फत महिलालाई ढाकाको कपडा बुन्ने तालिम प्रदान गरेको हो ।

महिलालाई व्यावसायिक बनाउँदै आयआर्जनसँग जोड्ने दुईमहिने ढाकाको कपडा बुनाइ तालिम सुरु गरिएको छ ।

गाउँपालिकाले महिलाको जीवनस्तर उकास्न विभिन्न सीप प्रदान गर्दै आएको गाउँपालिका अध्यक्ष पञ्चमाया गुरुङले बताइन् ।

महिला दक्ष बन्नुपर्ने जनाउँदै गुरुङले दक्ष भए अरुको भरपर्न नपर्ने बताक्ष्न् । उनले भनिन्, ‘महिलालाई आत्मनिर्भर बनाउन उहाँहरुकै रुचि र मागअनुसारका तालिम सञ्चालन गर्छौं, आइतबारदेखि ढाकाको कपडा बुन्ने तालिम सुरु भएको छ ।’

तालिमका क्रममा ढाकाको धागोमार्फत टोपी, सल, पछ्यौरा, हाते झोला र खादाजस्ता सामग्री उत्पादन गर्न सिकाइनेछ । सहभागीलाई चार तानमार्फत ढाकाका विभिन्न सामान उत्पादन गर्नका लागि प्रशिक्षण दिइएको उद्यम विकास सहजकर्ता टीका आलेमगरले बताए । तालिममा सात महिलाको सहभागिता छ ।

गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले तालिमका नाममा तालिम दिने मात्र नभई प्रयोगमा ल्याउँदै आर्थिक पाटोमा जोडिन आग्रह गरे ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  १२ : २३ बजे

पहिरोले बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र

मुस्ताङमा भारी हिमपात र वर्षा, जनजीवन प्रभावित

मुस्ताङ– अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको