कैलाश सिरोहियालाई अनुसन्धानका लागि ३ दिन म्याद थपियो | Khabarhub Khabarhub

कैलाश सिरोहियालाई अनुसन्धानका लागि ३ दिन म्याद थपियो


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न धनुषा अदालतले आदेश दिएको छ ।

सोमबार जिल्ला अदालत धनुषाले सिरोहियालाई तेस्रो पटक थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

न्यायाधीश यदुराज शर्माको इजलासले अध्यक्ष सिरोहियालाई लागेको नागरिकता कसुरसम्बन्धी आरोपको अनुसन्धान गर्न थप ३ दिनको समय दिएको हो ।

यसअघि न्यायाधीश रोमाकान्त ज्ञवाली र न्यायाधीश चुरामन खड्काको इजलासले तीन-तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

यो तेस्रो पटक पनि तीन दिन म्याद थप गरिएको हो । यससँगै सिरोहिया कम्तीमा ९ दिन हिरासतमै रहने निश्चित भएको छ ।

सिरोहिया गत शुक्रबार उच्च रक्तचाप, मुटुसम्बन्धी समस्या भएपछि अस्पताल भर्ना भएका थिए ।

उनी अहिले पनि जनकपुरस्थित काव्या अस्पतालमा उपचाररत छन् । उनलाई सोमबार काब्या अस्पतालबाट एम्बुलेन्समा अदालतमा ल्याइएको थियो ।

उनलाई गत मंगलबार काठमाडौंको थापाथलीस्थित केन्द्रीय कार्यलयबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर धनुषा लगेको थियो ।

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ७ : १० बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि