कैलाश सिरोहियालाई अनुसन्धानका लागि ३ दिन म्याद थपियो « Khabarhub

कैलाश सिरोहियालाई अनुसन्धानका लागि ३ दिन म्याद थपियो


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न धनुषा अदालतले आदेश दिएको छ ।

सोमबार जिल्ला अदालत धनुषाले सिरोहियालाई तेस्रो पटक थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

न्यायाधीश यदुराज शर्माको इजलासले अध्यक्ष सिरोहियालाई लागेको नागरिकता कसुरसम्बन्धी आरोपको अनुसन्धान गर्न थप ३ दिनको समय दिएको हो ।

यसअघि न्यायाधीश रोमाकान्त ज्ञवाली र न्यायाधीश चुरामन खड्काको इजलासले तीन-तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

यो तेस्रो पटक पनि तीन दिन म्याद थप गरिएको हो । यससँगै सिरोहिया कम्तीमा ९ दिन हिरासतमै रहने निश्चित भएको छ ।

सिरोहिया गत शुक्रबार उच्च रक्तचाप, मुटुसम्बन्धी समस्या भएपछि अस्पताल भर्ना भएका थिए ।

उनी अहिले पनि जनकपुरस्थित काव्या अस्पतालमा उपचाररत छन् । उनलाई सोमबार काब्या अस्पतालबाट एम्बुलेन्समा अदालतमा ल्याइएको थियो ।

उनलाई गत मंगलबार काठमाडौंको थापाथलीस्थित केन्द्रीय कार्यलयबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर धनुषा लगेको थियो ।

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ७ : १० बजे

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।