आज २०८१ साल असार १३ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८१ साल असार १३ गते बिहीबारको राशिफल


१३ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असार १३ गते बुधबार तदनुसार सन् २०२४ जुन २७ तारिख। असार कृष्ण पक्षको षष्ठी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष – आदर्श व्यक्तिसँग भेट हुनेछ। भौतिक सम्पत्ति जुटाउने समय छ। श्रम र लगानीको क्षेत्रबाट उचित मूल्य प्राप्त हुनेछ। पारिवारको साथले दिन रमाइलो हुनेछ।

वृष – भाग्यले पछ्याइरहेको छ। थोरै श्रम गरे पनि पर्याप्त नाफा हुनेछ। राजनीतिमा मन जानेछ। समाजसेवाको सेवा गर्ने मौका मिल्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन – बौद्धिक क्षेत्रका गुरुसँगको भेटले मनमा परिवर्तनका सम्भावना मौलाउने योग छ। शिक्षाको लगानीमा नाफा हुनेछ। परिवारको बढी मायाले समस्या हुनसक्छ। गुरुसँग भेट हुनेछ।

कर्कट – कमाउने भन्दा पनि जोगाउने दिन छ। आलस्यले मन भारी हुनेछ। ठुला उद्योगमा लगानी नगर्नु राम्रो हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सल्लाह अनुसार काम गर्नु राम्रो हुनेछ।

सिंह – साथीसँग रमाइलो घुमघाम हुनेछ। सामाजिक क्षेत्रमा मान र सम्मान मिल्नेछ। धार्मिक क्षेत्रमा मन जानाले खुशी बढ्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। राजनीतिक मोहले आकर्षण बढाउने छ। परिवारसँगको सम्बन्ध :सुमधुर बन्नेछ।

कन्या – विभिन्न अवसर प्राप्त हुनेछन्। मनमा उमंग बढ्नेछ। पुराना साथीसँग भेट हुनेछ। योजना दीर्घकालीन हुनसक्छन्। राजनीतिप्रति आकर्षण बढ्नेछ। सामाजिक क्षेत्र र परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुला – अरुलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। न्यायपूर्वक गरेको श्रमले उचित स्थान लिनेछ। साथीले सकारात्मक काममा साथ दिनेछन्। पारिवारिक प्रेममा बौद्धिक टकराब हुनेछ।
वृश्चिक – थकान र आलस्य बढ्नेछ। व्यवसाय टिकाएर राख्नु राम्रो हुनेछ। परिवारले राम्रो साथ दिनाले दैनिकी सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु – पर्यटकीय क्षेत्रबाट लाभ प्राप्त हुनेछ। आस्था, धर्म र समाजसेवामा मन जानेछ। तपाईंका लगानीका क्षेत्रमध्ये कृषि, फलफूल र बालीनालीको क्षेत्रबाट नाफा हुनेछ। परिवारले राम्रो साथ र सपोर्ट गर्नेछन्।

मकर – शुभ ग्रहको बहुमत छ। आफू लागिपरेको लगानीमध्ये शिक्षाबाट उल्लेखनीय लाभ हुनेछ। सुरुमा हल्ला गरेमा विरोधीले काममा बाधा पुर्याउनेछन्। मित्रको साथ प्राप्त हुनेछ।

कुम्भ – चन्द्रमा कुम्भमा पुगेकाले मन प्रशंन्न हुनेछ। काममा फुर्ती र जोसजाँगर बढ्नेछन्। आदरणीय मानिससँगको भेटले काम गर्ने तरिका मिल्नेछन्। परिवारमा भने खटपटी बढ्नेछ।

मीन – धन खर्च हुनेछ। काममा कूटनीति मच्चाएर धोका दिनहरु सक्रिय छन्। आफ्नै तरिकाले चल्नु राम्रो हुनेछ। सहकर्मीबाट साथ र सहयोग प्राप्त हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  ५ : २४ बजे

होर्मुज जलडमरूमध्य पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण

तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने 

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी