जर्जियाको विजयले तरङ्गित युरो कप | Khabarhub Khabarhub

जर्जियाको विजयले तरङ्गित युरो कप


१३ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

१ जुलाईका दिन फ्रान्स र बेल्जियम युरो कप फुटबल २०२४ को दोस्रो चरणमा भिड्दै छन्। फिफा वरीयता क्रमको दोस्रो स्थानमा रहेको फ्रान्स र तेस्रो स्थानमा रहेको बेल्जियम बिचको भिडन्त महत्त्वपूर्ण हुनेछ। धेरैको ध्यान सो खेलमा हुने नै छ। त्यसो त युरोपेली फुटबलका कुनै पनि टोलीलाई कमजोर आँक्नु आफैमा गलत हो। यो भिडन्त ठुला प्रतियोगितामा हुने भिडन्त मध्यको प्रमुख र आकर्षक नै हो।

जर्मनीमा जारी युरो कप फुटबल प्रतियोगिताको पहिलो चरण सकिएको छ। पहिलो चरणबाट पार पाउँदै समूह एबाट जर्मनी, स्वीजरल्यान्ड र समूह ‘बी’बाट स्पेन, इटाली, समूह ‘सी’ बाट इङ्गल्यान्ड, डेनमार्क र स्लोभानिया तथा समूह ‘डी’बाट अस्ट्रिया फ्रान्स र नदेरल्यान्ड्स, रोमानिया र बेल्जियम दोस्रो चरणमा प्रवेश गरिसकेका छन्। यसैगरी समूह एफबाट पोर्चुगल टर्की र जर्जीया दोस्रो चरणमा प्रवेश गरे।

दोस्रो चरणमा स्पेनले जर्जीया, जर्मनीले डेनमार्क, पोर्चुगलले स्लोभानिया तथा रोमानीयाले नेदरल्यान्ड्सको सामना गर्ने छन्। यसैगरी अस्ट्रियाले टर्कीको सामना गर्नेछ। इङ्गल्यान्डको खोल स्लोभाकियासँग हुनेछ। अर्को खेल स्वीजरल्यान्ड र इटाली बिच हुनेछ।

दोस्रो चरणको खेल जर्जीयाका लागि विशेष छ। पहिलो पटक ठुला प्रतियोगिताको दोस्रो चरण प्रवेश गरेको जर्जीयाका लागि यो सफलता एक दिनअघिसम्म कठिन मानिएको थियो।

अनुमान नगरिएको जर्जीयाले रोनाल्डो नेतृत्वको शक्ति राष्ट्र पोर्चुगललाई स्तब्ध पारेको हो। खेल सुरु भएको समयमा पोर्चुगल दोस्रो चरणमा प्रवेश गरिसकेको थियो। खेल सुरु भएको दोस्रो मिनेटमा किभाचा कास्टाखेलिया तथा ५७ औं मिनेटमा प्राप्त पेनाल्टीको उपयोग गर्दै जर्जीयस मिकाउटाड्जेले गोल गरे। वरीयता क्रममा ६८ औं स्थान तल रहेको जर्जीयासँग हारेपछि पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टीनजेले यो अविश्वसनीय र दुर्लभ कुरा भएको बताएका छन्।

जर्जीया मुस्किलले नेसन लिग जितेर युरो कपमा छनोट भएको हो। यस क्रममा टोलीले ग्रिसलाई पेनाल्टीमा हराएको थियो। सन् १९९२ मा स्वतन्त्र भएपछि जर्जीयाको पहिलो पटक युरो कपमा सहभागिता हो। मार्च महिनामा जर्जीया प्रतियोगिताका लागि छनोट भएपछि त्यसलाई ऐतिहासिक रूपमा व्याख्या गरिएको थियो।

यो नै युरोकप फुटबलको सबै भन्दा अप्रत्याशित परिणाम भने पक्कै होइन। १९८८ आयरल्यान्ड विश्व फुटबलमा ठुलो शक्ति थिएन। सोही आयरल्यान्डले इङ्गल्यान्डलाई समूह चरणको खेलमा १-० ले हराएको थियो। पराजित भएको इङ्गल्यान्ड शक्ति राष्ट्रकै रूपमा रहेको थियो। हचसनको हेड गोलबाट मार्फत लिएको अग्रतालाई जोगाउन गोल रक्षक पाट बोनरले ठुलो मेहनत गरेका थिए। डेनमार्कले सन् १९९२ को फाइनलमा जर्मनीलाई हराउँदै उपाधि जितेको थियो। सो फाइनल खेल युरोकप फुटबल इतिहासको अहिलेसम्मकै अप्रत्याशित खेलको रूपमा रहेको छ।


युरो कपमा डेनमार्क छनोट समेत भएको थिएन। त्यस समय युगोस्लाभियामा गृह युद्ध चलेको थियो। प्रतियोगिताको दुई साता अघि मात्र युगोस्लाभ टोलीले नाम फिर्ता लिएपछि युइएफले डेनमार्कलाई खेलाएको हो। सन् १९९६ मा चेकोस्लोभाकिया विभाजन भइसकेको थियो। विभाजनपछि लामो समय यसका दुई राज्य चेक र स्लोभाकले विश्व फुटबलमा आफ्नो प्रभावकारी उपस्थिति देखाउन सकेका थिएनन्।

सन् १९९६ मा समूह चरणकै खेलमा इटालीलाई २-१ ले हराएर चेक गणतन्त्रले संसारलाई आश्चर्यमा पारेको हो। सन् २००४ मा समूह चरणमा लाट्भिया र जर्मनी बिच गोल रहित बराबरी भएको थियो। युरो कप फुटबलको त्यो अर्को आश्चर्यजनक परिणाम हो। लाट्भियाको युरो कपमा त्यो दोस्रो खेल थियो। पहिलो खेलमा चेक गणतन्त्र सँग २-१ ले पराजित भएको थियो।

युरो कपको फाइनल आश्चर्यजनक नै मानिन्छ। फाइनलमा पोर्चुगललाई १-० ले हराएर ग्रिसले युरो कप फुटबलको उपाधि जितेको थियो। एन्जल चारिस्टेयसले सो खेलमा गोल गदै आफूलाई विश्व फुटबलको नयाँ नायकको रूपमा स्थापित गरेका थिए। त्यस समयमा युवा खेलाडी रोनाल्डोप्रति संसारका धेरै पारखीको चासो रहेको थियो।

२०१६ को युरो कपमा आइसल्यान्डले इङ्गल्यान्डलाई २-१ ले हराएको थियो। पछिल्लो संस्करणको युरो कपमा चेक गणतन्त्रले नेदरल्यान्ड्सलाई २-० ले हराएको थियो।

अर्को चरणमा अर्को शक्ति राष्ट्र स्पेनसँग खेल्ने जर्जीयाका लागि अब पाउनु भन्दा बाहेक केही गुमाउनु छैन। त्यो खेलमा अब पक्कै पनि धेरैको चासो जानेछ।

६९ हजार वर्ग किलोमिटर क्षेत्रफल रहेको जर्जीयाको जनसङ्ख्या ३७ लाख छ। पूर्वी सोभियत गणराज्य जर्जीयाको यसअघि खेलकुदमा सबै भन्दा धेरै उपस्थिति कुस्तीमा हो। केही राम्रा बास्केटबल खेलाडी रहेको ग्रिसको मोटर स्पोर्ट्समा पनि प्रभाव छ। चेसमा प्रभाव रहेको जर्जीयाले एक पटक ओलम्पियाडको आयोजना पनि गरी सकेको छ। अन्य खेलकुदमा रहेको धेरै उपस्थिति भन्दा युरो कपमा पोर्चुगल माथिको जित सहित दोस्रो चरणको यात्रा महत्त्वपूर्ण हो।

अर्को चरणमा अर्को शक्ति राष्ट्र स्पेनसँग खेल्ने जर्जीयाका लागि अब पाउनु भन्दा बाहेक केही गुमाउनु छैन। त्यो खेलमा अब पक्कै पनि धेरैको चासो जानेछ। जर्जीयाले सो खेलमा जित हात पारेमा क्वार्टर फाइनलमा जर्मनी र डेनमार्क बिचको विजेतासँग खेल्ने छ। विश्व क्रिकेटमा केही यस्ता आश्चर्यजनक परिणाम धेरै पटक आएका छन्। सन् १९९० को विश्वकपमा क्यामरुनले साबिक विजेता अर्जेन्टिनालाई हराउँदै यात्रा सुरु गरेको थियो।
स्रोत : युइएफए, बिबिसी

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  ८ : ०४ बजे

सत्ता सहयात्राको सहमति पत्रमा देउवा र ओलीले गरे हस्ताक्षर

काठमाडौं– दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच आगामी

ओलीपछि देउवा पनि मध्यराति शीतल निवासमा

काठमाडौं- बिरामी भएका भनिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि

केपी ओली बालकोटबाट मध्यराति शीतल निवासमा

काठमाडौं- दुई ठूला दलबीच नयाँ सत्ता समीकरणको रस्साकस्सी भइरहेका बेला

बेल्जियमलाई हराउँदै फ्रान्स युरोकपको क्वार्टरफाइनलमा

काठमाडौं– फ्रान्स १७औँ संस्करणको युरोकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ

मङ्गलबारसम्म बन्न सक्छ काङ्ग्रेस-एमाले गठबन्धन सरकार

काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बन्ने