नेपाल–भारतबीचको प्रगाढ सम्बन्ध कायमै राख्नुपर्छ : राजदूत श्रीवास्तव | Khabarhub Khabarhub

नेपाल–भारतबीचको प्रगाढ सम्बन्ध कायमै राख्नुपर्छ : राजदूत श्रीवास्तव


१३ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

कास्की – नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल–भारतबीचको प्राचीन सम्बन्धलाई कायमै राख्नुपर्नेमा जोड दिएका छन् ।

पोखरा–१२ रामघाटस्थित अमरसिंह माविको आज अवलोकन गर्दै राजदूत श्रीवास्तवले विद्यालय भवन निर्माणका लागि दूतावासले रु २० करोड सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

भारतको रक्षाका लागि गोर्खा सैनिकहरुको योगदान रहेको स्मरण गर्दै उनले नेपालमा भारतीय भूपु नेपाली सेनामार्फत विभिन्न खानेपानी, शिक्षा, स्वास्थ्य र सडकलगायत क्षेत्रमा सहयोग उपलब्ध गराउँदै आएको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

नेपाल र भारतबीचको मैत्री सम्बन्धलाई बलियो बनाउन आफू प्रतिबद्ध भएको बताउँदै नेपालमा प्रवेश गर्ने सडकको स्तरोन्नति गर्दै पर्यटकलाई सहजरुपमा यातायातको व्यवस्था मिलाउन आफूले भूमिका खेल्ने पनि उल्लेख गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शेरबहादुर थापा तथा वडा नं १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले आफ्ना भनाइ राखेका थिए ।

नेपालकै नमुना माविकारुपमा परिचित अम्मरसिंह माविमा दुई हजार नौ सय विद्यार्थी अध्ययनरत छन् भने एक सय ३७ शिक्षक कर्मचारी छन् । दुई सयभन्दा बढी रोपनीमा फैलिएको उक्त विद्यालय पोखराकै पुरानो विद्यालयकारुपमा चिनिन्छ ।

नेपाल–भारत मैत्री सङ्घअन्तर्गत मेजर वीरसिंह गुरुङको पहलमा दूतावासले ५५ वर्षअघि विद्यालयका भवन निर्माण गर्नुका साथै केही वर्षअघि पुस्तकालयको भवन र पुस्तक हस्तान्तरण गरेको थियो ।

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  ९ : ३२ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका