मौद्रिक नीतिले व्यवसाय सहज बनाउँछ: निर्माण उद्योग परिषद् « Khabarhub

मौद्रिक नीतिले व्यवसाय सहज बनाउँछ: निर्माण उद्योग परिषद्


१२ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल निर्माण उद्योग परिषद्ले मौद्रिक नीति सहज व्यवसायको वातावरण बन्ने गरी आएको भन्दै स्वागत गरेको छ ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परिषद्ले निर्माण क्षेत्रका साथै समग्र वित्तीय क्षेत्र समेत संकटमुक्त भई व्यवसाय गर्न सहज हुनेगरी मौद्रिक नीति आएको जनाएको हो ।

वर्तमान सरकारको पहलमा राष्ट्र बैंकले समस्या समाधान हुनेगरी मौद्रिक नीति सार्वजनिक गरेर आफ्ना मागहरू सम्बोधन गरेको भन्दै परिषद्ले धन्यवाद समेत दिएको छ ।

चेक तथा जमानत जफत गरी कालो सूचीमा र प्रहरी धरकपड भई गुज्रिरहेको निर्माण क्षेत्रलाई मौद्रिक नीतिले उचित सम्बोधन गरेको र संकटग्रस्त रहेको निर्माण व्यवसाय पुनः सूचारु हुनको लागि मौद्रिक नीति कोसेढुङ्गा सावित हुने परिषद्का अध्यक्ष खोपनिधि लोहनीले बताए ।

उनले निर्माण क्षेत्रसम्बन्धी आफुहरूको केही मागहरू यसअघि नै सरकारसमक्ष राखेको भन्दै उक्त मागहरू पनि सरकारले सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ६ : २७ बजे

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

झापा – मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–८३ को

कञ्चनपुरका मजदुरलाई छैन न्यूनतम ज्याला, महिलामाथि विभेद

कञ्चनपुर – भीमदत्त नगरपालिका–८ की राजमती दमाईले गत सिजनमा अढाइ

आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार

कालिकोट – कालिकोटकी ११ वर्षीया प्रियंका विकले आठ वर्षपछि फेरि

दिमाग खराब : निर्देशक निश्चल एकाएक ‘भिलेन’

काठमाडौँ – अन्य आमव्यक्तिका कुरा छाडौँ, नेकपा एमालेका अध्यक्ष केपी

केएल राहुलको विष्फोटक ब्याटिङ, २२६ रनको लक्ष्य पछ्याउँदै दिल्ली विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राति सम्पन्न