आजका समाचार : बस खोज्न प्रयोग गरिएको चुम्बक त्रिशूलीमै गायब, राष्ट्रपतिमा कमलाको उम्मेदवारी घोषणा  | Khabarhub Khabarhub

आजका समाचार : बस खोज्न प्रयोग गरिएको चुम्बक त्रिशूलीमै गायब, राष्ट्रपतिमा कमलाको उम्मेदवारी घोषणा 


१२ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

नेपाल साहित्यकारको उर्वर भूमि हो : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साहित्यकारको निकै उर्वर भूमि भएको बताएका छन् ।

शनिबार एमाले पार्टी कार्यालय च्यासलमा साहित्यकार नेत्र प्रसाद गौतमका तीनवटा कृतिहरू विमोचन गर्दै ओलीले भानुभक्त आचार्य, मोतिराम भट्ट, लेखनाथ पौडेल, बालकृष्ण सम लगायतका साहित्यकारहरू जन्मेको नेपाल साहित्यकारको निकै उर्वर भूमि भएको बताएका हुन् ।


नेपालको भूमिका वनजंगल पानी पँधेरा लगायत स्थानमा गीत(संगीतको प्रचलनले पनि साहित्यको क्षेत्रमा निकै विकास भएको उनले बताए ।

शान्ति पार्क व्यवस्थापनमा आवश्यक सहयोग हुनेछ : मन्त्री शाही

गुणस्तरीय स्वास्थ्य क्षेत्रको विकासका लागि सरकार गम्भीर छ : स्वास्थ्यमन्त्री

दीपक मनाङेको पारा : छैठौंपटक मन्त्री हुँदा गञ्जी लगाएर ड्यूटीमा!

अनियमितताका ‘फाइल’ अनुसन्धान हुनुपर्छ : महामन्त्री शर्मा

सरकारलाई असफल हुने छुट छैन स् सञ्चारमन्त्री गुरुङ

कोशीमा एमाले-कांग्रेसबीच आरोपालोको सहमति, कांग्रेसले चार मन्त्रालय लिने

जनताको अधिकार रक्षाका लागि सडकमा जान तयार छौँ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका नाममा जनताको अधिकार खोस्न खोजिएको बताएका छन् ।

पुष्पलाल स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले संविधानको मूलभूत प्रस्तावनालाई बदलेर जनताको अधिकार खोस्न खोजिएको बताएका हुन् ।


संसद्को दुई ठूला दल मिलेर सरकार बनाउने विषय अस्वभाविक भएको भन्दै उनले अहिले दुईदलीय प्रणालीमा लैजाने उद्देश्यका साथ नयाँ गठबन्धन बनेको उल्लेख गरे ।

प्रचण्डले संविधान संशोधनमा आफूहरूको विरोध नभएको तर संविधान संशोधनका नाममा प्रतिगमनतर्फ लैजाने प्रवृत्तिको विरोध भएको धारणा राखे । उनले जनताको अधिकार रक्षा गर्नका लागि आवश्यक परे सडकमा जान पनि तयार रहेको बताए । प्रचण्डले नेपालको समाजवादको आधारका लागि कम्युनिष्ट पार्टीको एकताको प्रयास निरन्तर गर्नुपर्ने धारणा राखे ।

नेपालमा सबै कम्युनिष्ट पार्टीहरू एक हुन आवश्यक : वामदेव गौतम

कांग्रेस–एमालेले भनेको संविधान संशोधनको पछाडि अर्कै कुरा लुकेको छ : माधव नेपाल

सत्ताका लागि जस्तोसुकै सहकार्य गर्ने प्रवृत्ति कम्युनिष्टहरूमा देखियो : उपेन्द्र यादव

विद्युत् बक्यौता नतिर्ने ग्राहकको लाइन काटियो

बस खोज्न प्रयोग गरिएको चुम्बक नै त्रिशूलीले बगाइदियो
गत असार २८ गते बिहान भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालमा झरेको पहिरोसँगै त्रिशूलीमा बगेका दुईवटा बसको खोजीमा प्रयोग गरिएको चुम्बक नै हराएको छ ।

भारतीय उद्दार टोलीले सिमलतालस्थित त्रिशुली नदीमा हराइरहेको बसको खोजीमा प्रयोग गरिएको १९ केजीको चुम्बक नै बगेर बेपत्ता भएको हो ।


शनिबार दिउँसो खोजीका क्रममा १९ केजीको चारपाटे चुम्बक त्रिशूलीले बगाइदिएको उद्धार टोलीका एक सदस्यले बताएका छन् । चुम्बक खोज्न देवघाटसम्म पुगे पनि भेट्टाउन सकेनन।

उक्त १९ केजीको चुम्बकसहित लाइफ ब्वाई ट्युबसमेत त्रिशूलीले बगाएको छ । लाइफ ब्वाई ट्युब पानीमा मानिस डुबेका बेला उद्दारमा प्रयोग गरिन्छ ।

सिमलतालमा पहिरो : १५ दिन बितिसक्दा पनि बस र यात्रुको अवस्था अज्ञात

देशभर १० जनामा हैजा सङ्क्रमण

सौर्य एयरलाइन्सको विमान दुर्घटना : १७ जनाको शव आफन्तले बुझे

रेल्वेको लिकमा पर्दा श्रीराम दासले गुमाए दुवै खुट्टा

बाढी, पहिरो लगायत विपद्‌मा परी १३९ जनाको मृत्यु

अमेरिकी राष्ट्रपतिमा ह्यारिसको उम्मेदवारी घोषणा

अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले आगामी राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेकी छिन् । ह्यारिसले सामाजिक सञ्जाल एक्समार्फत आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनमा विजयी हुने विश्वासका साथ आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन् ।


उनले लेखेकी छिन्– ‘आज मैले आधिकारिक रुपमा संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको लागि मेरो उम्मेदवारी घोषणा गर्ने फारमहरूमा हस्ताक्षर गरेँ।’

उनले आफू हरेक भोटका लागि कडा मेहनत गर्ने बताएकी छिन् । यसैबीच, कमला ह्यारिस डेमोक्र्याटिक उम्मेदवार बन्ने पक्का भएपछि पूर्वराष्ट्रपति बाराक ओबामाले शुक्रबार मात्र समर्थन गरेका छन् । ओबामाले ह्यारिसले नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा जित हासिल गर्ने विश्वास व्यक्त गर्दै आफू र श्रीमती मिचेल ओबामाले पूर्ण सहयोग गर्ने बताएका छन् ।

ताइवानमा आँधीका कारण आठ जनाको मृत्यु

इजरायली सेनाद्वारा गाजामा पुनः निकासीको आदेश जारी

गाजाको विद्यालयमै इजरायली हमला,कम्तिमा ३० जनाको मृत्यु

सर्बियामा भ्यान पल्टिँदा नेपालीसहित ३० यात्रु घाइते

तीन देशद्वारा गाजामा युद्धविरामको आह्वान

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ७ : ५७ बजे

महिलाको अगुवाइमा सामुदायिक भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–४ दग्नाममा महिलाको अगुवाइमा एक करोडभन्दा बढी खर्चेर

पहिरोमा पुरिएर श्रीमान–श्रीमती बेपत्ता, एकजनाको उद्धार

जाजरकोट– जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोमा पुरिएर बारेकोट गाउँपालिका–६ की

राप्तीमा शुक्रबारदेखि बेपत्ता दुईजनाको अवस्था अझै अज्ञात

चितवन– राप्तीमा बेपत्ता भएका दुई युवकको अवस्था अझै अज्ञात छ

टेकुको ऋषेश्वरमा सप्‍तर्षिको पूजा गर्न भक्तजनको घुइँचो

काठमाडौं– काठमाडौंको टेकुस्थित ऋषेश्वर मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।

नेसन्स लिग : हंगेरीविरुद्ध जर्मनीको ५ गोल

काठमाडौं– युईएफए नेसन्स लिग फुटबलमा जर्मनीले सानदार जित निकालेको छ