सञ्चारमन्त्री गुरुङद्वारा बगुम पहिरोको निरीक्षण | Khabarhub Khabarhub

सञ्चारमन्त्री गुरुङद्वारा बगुम पहिरोको निरीक्षण


१२ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बगुम पहिरोको निरीक्षण गरेका छन् । गत असार ११ गते गएको क्व्होलासोथर गाउँपालिका–३ बगुम पहिरोको आज साँझ मन्त्री गुरुङलगायतको टोलीले निरीक्षण गरेको हो ।

पहिरोको निरीक्षणपछि सञ्चारमन्त्री गुरुङले पहिरोले पूर्ण क्षति तथा विस्तापित भएका परिवारका घर सरकारले निर्माण गरिदिने प्रतिबद्धता व्यक्त गरे ।

सरकार बाढीपहिरोलगायत प्राकृतिक विपद्मा परेका नागरिकको रक्षाका लागि सधैँ तयार रहेको उनको भनाइ छ । सञ्चारमन्त्री गुरुङको गृहपालिका रहेको उक्त स्थानमा गत असार ११ गते राति आएको पहिरोले तीन घर पुरिँदा चारजनाको मृत्यु भएको थियो भने एकजना घाइते भएका थिए।

सञ्चारमन्त्री गुरुङले आफूलाई लमजुङे जनताले जिताएर मन्त्री बनाएकाले यहाँका जनताको शिर उच्च बनाउने गरी आफूले काम गर्नेसमेत बताए । “यहाँहरूले जिताएकाले म मन्त्री भएको छु, यसर्थ लमजुङको विकास तथा सुखदुःखमा सधैँ साथमा रहँदै विकासका काम गर्नु मेरो दायित्व हो । त्यसका लागि म सधैँ लागिरहने छु”, उनले भने ।

पहिरोपीडितले पनि सञ्चारमन्त्री गुरुङले आफूहरूका समस्या समाधानका लागि सहयोग गर्ने अपेक्षा व्यक्त गरेका थिए । सञ्चारमन्त्री गुरुङसहित संविधानसभा सदस्य तथा एमाले केन्द्रीय सदस्य जमिन्द्रमान घले, क्व्होलासोथर गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ, प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ र सोही वडाका वडाध्यक्ष आसवीर गुरुङलगायतले पहिलोस्थलको निरीक्षण गरेका थिए ।

मन्त्री गुरुङलाई वडाध्यक्ष गुरुङले गुरुङ समुदायको परम्परागत बख्खु ओढाएर स्वागत तथा सम्मान गरेका थिए । मन्त्री गुरुङलाई वडामा टेलिकमको नेटवर्क नटिप्दा भएको समस्या समाधान, पहिरोपीडितहरूको तत्काल सहयोगलगायत विषय सम्बोधनका लागि ज्ञापनपत्र बुझाइएको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  १० : ०८ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’