सञ्चारमन्त्री गुरुङद्वारा बगुम पहिरोको निरीक्षण « Khabarhub

सञ्चारमन्त्री गुरुङद्वारा बगुम पहिरोको निरीक्षण


१२ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बगुम पहिरोको निरीक्षण गरेका छन् । गत असार ११ गते गएको क्व्होलासोथर गाउँपालिका–३ बगुम पहिरोको आज साँझ मन्त्री गुरुङलगायतको टोलीले निरीक्षण गरेको हो ।

पहिरोको निरीक्षणपछि सञ्चारमन्त्री गुरुङले पहिरोले पूर्ण क्षति तथा विस्तापित भएका परिवारका घर सरकारले निर्माण गरिदिने प्रतिबद्धता व्यक्त गरे ।

सरकार बाढीपहिरोलगायत प्राकृतिक विपद्मा परेका नागरिकको रक्षाका लागि सधैँ तयार रहेको उनको भनाइ छ । सञ्चारमन्त्री गुरुङको गृहपालिका रहेको उक्त स्थानमा गत असार ११ गते राति आएको पहिरोले तीन घर पुरिँदा चारजनाको मृत्यु भएको थियो भने एकजना घाइते भएका थिए।

सञ्चारमन्त्री गुरुङले आफूलाई लमजुङे जनताले जिताएर मन्त्री बनाएकाले यहाँका जनताको शिर उच्च बनाउने गरी आफूले काम गर्नेसमेत बताए । “यहाँहरूले जिताएकाले म मन्त्री भएको छु, यसर्थ लमजुङको विकास तथा सुखदुःखमा सधैँ साथमा रहँदै विकासका काम गर्नु मेरो दायित्व हो । त्यसका लागि म सधैँ लागिरहने छु”, उनले भने ।

पहिरोपीडितले पनि सञ्चारमन्त्री गुरुङले आफूहरूका समस्या समाधानका लागि सहयोग गर्ने अपेक्षा व्यक्त गरेका थिए । सञ्चारमन्त्री गुरुङसहित संविधानसभा सदस्य तथा एमाले केन्द्रीय सदस्य जमिन्द्रमान घले, क्व्होलासोथर गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ, प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ र सोही वडाका वडाध्यक्ष आसवीर गुरुङलगायतले पहिलोस्थलको निरीक्षण गरेका थिए ।

मन्त्री गुरुङलाई वडाध्यक्ष गुरुङले गुरुङ समुदायको परम्परागत बख्खु ओढाएर स्वागत तथा सम्मान गरेका थिए । मन्त्री गुरुङलाई वडामा टेलिकमको नेटवर्क नटिप्दा भएको समस्या समाधान, पहिरोपीडितहरूको तत्काल सहयोगलगायत विषय सम्बोधनका लागि ज्ञापनपत्र बुझाइएको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  १० : ०८ बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक