बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना « Khabarhub

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ ।

महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, कोशी, बागमती र लुम्बिनी प्रदेश एकदुई स्थानमा ठूलो वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टामा कोशी, बागमती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

आज सूर्योदय बिहान ५ बजेर ४० मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ३० मिनेटमा हुनेछ ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ६ : २२ बजे

जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन

ख्रीष्टमसको पूर्वसन्ध्यामा ललितपुरको एसम्सन चर्चमा सन्ध्याकालीन प्राथना

काठमाडौं- इसाई धर्मावलम्बीले मनाउने ख्रीष्टमस पर्वको पूर्व सन्ध्यामा ललितपुरको एसम्सन

प्रधानमन्त्री कार्कीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट

काठमाडौं– नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला

नसुध्रिएको त्रिवि : ‘लाइन होइन अनलाइन’ नारामुनि विद्यार्थी बस्छन् घण्टौं लाइन

काठमाडौं– बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय प्रवेश गर्नेबित्तिकै ग्लोबल