काभ्रेको खानीखोलामा ‘एक घर, एक धारा’ « Khabarhub

काभ्रेको खानीखोलामा ‘एक घर, एक धारा’


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेको खानीखोला गाउँपालिकाको तीन सय २३ परिवारलाई घरघरै खानेपानी उपलब्ध गराइएको छ ।

गाउँपालिकाको ‘एक घर, एक धारा’ अभियान कार्यक्रमअन्तर्गत दुई खानेपानी योजना सम्पन्न भएपछि वडा नं ३, ४ र ५ का परिवारका घरमै खानेपानी उपलब्ध गराएको जनाइएको छ ।

योजना सम्पन्न भएपछि यही भदौमा दुई चरणमा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङद्वारा शुभारम्भ गरिएको हो ।

गाउँपालिकाको वडा नं ३ र ४ मा १ सय ७८ धारा निर्माण सम्पन्न भएका छन् भने वडा नं ५ मा एक सय ४५ घरमा धारा जडान गरी खानेपानी उपलब्ध गराइएको अध्यक्ष थिङले जानकारी दिए ।

उनका अनुसार दुवै खानेपानी आयोजना नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को संयोजन, च्यारिटी वाटरको सहयोग र गाउँपालिकाको साझेदारीमा निर्माण सम्पन्न भएको हो ।

गाउँपालिकाले ‘दिगो र गुणस्तरयुक्त संरचना हाम्रो पहिचान, सुरक्षित पानी सफा र स्वच्छ गाउँ हाम्रो अभियान’ नाराका साथ खानेपानी आयोजना सञ्चालन गरिरहेको छ ।

अध्यक्ष थिङले खानीखोलाका दुई हजार चार ४ सय परिवारमा स्वच्छ र सफा खानेपानीको व्यवस्था गर्ने क्रममा हालसम्म सात सय घरधुरीमा योजनामार्फत पु¥याइएको बताए ।

यस्तै खानिखोला–५ गैरीखोला तालढुङ्गामा ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत नै १४५ घरमा धारा जडान गरिएको छ ।

उक्त खानेपानी आयोजनाको विसं २०८० साल साउन १ गते सम्झौता गरिएको र समयमै निर्माण सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष थिङले जानकारी दिए ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  १० : ३२ बजे

धरानमा विद्युतको गाडी दुर्घटना: प्राधिकरणका दुई कर्मचारीको मृत्यु

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरण, धरान वितरण केन्द्रको विद्युत् मर्मत

कान्ति लोकपथ अस्थायी रूपमा बन्द

ललितपुर– लगातारको वर्षा र मनसुनजन्य जोखिमका कारण कान्ति लोकपथमा सवारी

मिटरब्याज पीडित भेट्न गृहमन्त्री सुधन गुरुङ सिमरामा, मार्चमा रहेका पीडित निजगढमै रोकिए

काठमाडौँ – मिटरब्याज पीडितका समस्या सुन्न र उनीहरूलाई भेट्न गृहमन्त्री

एक सातामा आत्मदाहबाट तीन जनाको मृत्यु : विवेक मण्डलको उपचारका क्रममा निधन

काठमाडौँ – शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका सर्लाहीका ३५

हर्क राई नेतृत्वको दार्चुला पुल निर्माणमा सामग्रीभन्दा प्रशासनिक खर्च बढी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)