फाइल तस्वीर

राजनीति

एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा पाण्डे निर्विरोध

By खबरहब

August 27, 2024

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद पाण्डे निर्विरोध भएका छन् ।

यही आइतबारदेखि जारी केन्द्रीय समिति बैठकमा सर्वसम्मतिले पदाधिकारी चयन हुन नसकेपछि निर्वाचन लाने निर्णय भएको थियो ।

१८ पदाधिकारी र १०५ पोलिटब्यूरो सदस्यका लागि मंगलबार निर्वाचन हुँदैछ । निर्वाचनका क्रममा वरिष्ठ उपाध्यक्षमा पाण्डे निर्विरोध भएका हुन् ।

वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका घनेन्द्र बस्नेतले नाम फिर्ता लिएसँगै पाण्डे वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

गत असार १६-२० सम्म काठमाडौंमा भएको महाधिवेशनबाट अध्यक्षमा माधवकुमार नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत चयन भएका थिए ।

२१ सदस्यी पदाधिकारीमा १८ जनाका लागि निर्वाचन हुने तालिका थियो । तर पाण्डे निर्विरोध भएपछि अब १७ पदाधिकारी पदमा निर्वाचन हुँदैछ ।