एकीकृत समाजवादीमा ६ उपाध्यक्षका लागि १५ जना भिड्दै « Khabarhub

एकीकृत समाजवादीमा ६ उपाध्यक्षका लागि १५ जना भिड्दै


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीको दशौँ महाधिवेशनअन्तर्गत नयाँ पदाधिकारीका लागि मंगलबार चुनाव हुँदैछ ।

महाधिवेशनबाट अध्यक्षसहित तीन पदाधिकारी र ९३ केन्द्रीय सदस्य सर्वसम्मत गरेको समाजवादीले आइबार मात्रै बाँकी २५१ केन्द्रीय सदस्यको टुंगो लगाएको थियो ।

तर १८ पदाधिकारी र १०५ पोलिटब्यूरो सदस्य सर्वसम्मत चयन गर्न नसकिएपछि निर्वाचनको विकल्प रोजिएको हो । मंगलबार वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध भइसकेका छन् ।

घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि पाण्डे वरिष्ठ उपाध्यक्ष बनेका हुन्। अब १७ जना पदाधिकारीमा चुनाव हुँदैछ । जसमध्ये ६ जना उपाध्यक्ष पदका लागि १५ जना मैदानमा छन् ।

४ जना खुल्ला उपाध्यक्षका लागि ११ जना मैदानमा छन् । खुल्ला उपाध्यक्ष पदमा ललितबहादुर बस्नेत क्षेत्री, डा. गंगालाल तुलाधर, भानुभक्त जोशी, उर्वादत्त पन्त, साध्यबहादुर भण्डारी, प्रकाश ज्वाला, डा. विजयकुमार पौडेल, केशवलाल श्रेष्ठ, विरोध खतिवडा, जगन्नाथ खतिवडा र बलराम प्रसाद सापकोटाको उम्मेदवारी परेको हो ।

उता महिला उपाध्यक्षतर्फ चर्चित युवा नेत्री रामकुमारी झाँक्री उठेकी छन् । उनलाई वर्तमान उपाध्यक्ष जयन्ती राईले टक्कर दिँदैछिन् । रामकुमारी यो महाधिवेशनअघि समाजवादीमा सचिव थिइन् । उनी नेतृत्व हस्तान्तरण भएको भए महासचिवको तयारीमा थिइन् ।

जयन्ती अहिले राष्ट्रिय सभाकी सदस्य छिन् भने रामकुमारी गुल्मीमा भएको निर्वाचनमा एमालेका गोकर्ण विस्टसँग पराजित भएकी थिइन् ।

उता उपाध्यक्ष मधेसी कोटमा धर्मनाथ प्रसाद साह र रामचन्द्र झा प्रतिस्पर्धा गर्दैछन् । झा एमाले छाड्दै माओवादीमा पनि गएर एकीकृत समाजवादीमा भित्रिएका नेता हुन् ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  १ : ३० बजे

काठमाडौं–दुबई उडान आज रातिदेखि पुनः सञ्चालनमा

काठमाडौं- फ्लाई दुबईले बुधबार रातिदेखि दुबई–काठमाडौं–दुबई उडान पुनः सञ्चालन गर्ने

मध्यपूर्वको युद्धमा बालबालिकाको थप क्षति हुनुहुँदैन : राष्ट्रसङ्घ

जेनेभा– बाल अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समितिले मध्यपूर्वको युद्धको क्रममा इरानी

भरतपुर माविलाई बनाइयो नमूना मतदानस्थल

काठमाडौं– बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि चितवनस्थीत भरतपुर माविलाई नमूना

६ प्रकारका सरकारी कागजातमध्ये एक सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौं– बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र

मध्यपूर्वको परिस्थितिका कारण नेपालमा आयोजना हुने लिग-२ का खेलहरू स्थगित

काठमाडौं- नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी क्रिकेट विश्वकप लिग-२